२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा औलो रोगका बिरामी घट्दै, हिमालका गाउँहरु उच्च जोखिममा

कर्णालीमा औलो रोगका बिरामी घट्दै, हिमालका गाउँहरु उच्च जोखिममा


वीरेन्द्रनगर—कर्णाली औलो रोगमा बिरामी घट्दै गएका छन् । सरकारले सन् २०२५ मा औलो रोग शुन्य झार्ने लक्ष्य राखेका काम गरिरहेका कारण पनि औलो रोगका बिरामीमा कमी आएको हो ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको तथ्यांकअनुसार कर्णाली विगतको पाँच वर्षको तथ्यांक हेर्दा औलो रोगका बिरामी घट्दै गएको पाइएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा मुगुमा १७३, हुम्ला १३, दैलेखमा ७ र सुर्खेतमा ४४ औलो रोगका बिरामी भेटिएका थिए । आर्थिक वर्ष २०७६/७७ मा मुगुमा ३, हुम्लामा १० कालिकोटमा ११, दैलेखमा ७, रुकुमपश्चिममा १ र सुर्खेतमा १६ जनामा औलो रोगका बिरामी भेटिएको थिए ।

आर्थिक वर्ष २०७७/०७८ मा मुगुमा ३, हुम्लामा ६, कालिकोटमा ५, रुकुमपश्चिममा २ र सुर्खेतमा १६ जनामा भेटिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा मुगुमा ७, हुम्लामा ८, कालिकोटमा ४, दैलेखमा ३, सल्यानमा ३, रुकुमपश्चिममा २, सल्यानमा १ र सुर्खेत जिल्लामा २२ जनामा औलो रोगको लक्षण भेटिएको थिए । आर्थिक २०७९/०८० मा त्यो संख्या घटेर हुम्लामा ७, कालिकोटमा १, दैलेखमा १ र सुर्खेतमा ११ जनामा औलो रोगको लक्षण देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

हिमाली जिल्लामा बढ्दो

कर्णाली प्रदेशका हिमाली जिल्लामा औलोको जोखिम बढ्दै गएको छ । तराई र पहाडका जिल्लामा औलो रोग घटेपनि हिमाली जिल्लामा यो रोगका बिरामी बढ्दै गएका हुन् ।

कर्णालीका प्रदेशका १० जिल्लाका ४२५ वडामध्ये औलोेको उच्च जोखिममा हिमाली जिल्लाका वडाहरु रहेको स्वास्थ्य सेवा निर्देशनालयका रोग नियन्त्रण महाशाखाका प्रमुख श्यामलाल आचार्यले बताए । ‘हुम्लाको ताजाकोट गाउँपालिकाका वडा नं. २, ३ र ४ नम्बर वडा औलोको उच्च जोखिममा रहेका छन्,’ उनले भने,‘कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नं. २ पनि उच्च जोखिममा रहेको छ । यी सबै हिमाली जिल्लाका वडा हुन् ।’

त्यस्तै, हुम्लाको अदानुचुली गाउँपालिकाको वडा नं. २ र ५, ताजाकोट गाउँपालिकाको वडा नं. १, मुगुको सोरु गाउँपालिकाको वडा नं. ४ र ५, खत्याड गाउँपालिकाको वडा नं. ८ र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ७ र भेरी नगरपालिकाको वडा नं. ७ औलो रोगको मध्यम जोखिममा रहेको स्वास्थ्य सेवा निर्देशनालयका रोग नियन्त्रण महाशाखाका प्रमुख आचार्यले बताए । कर्णाली प्रदेशका ४२५ वडामध्ये ४१२ वडा निम्न जोखिममा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

आयतीत बढी

कर्णाली प्रदेशमा भेटिने औलो रोगका बिरामीमध्ये आयतीत बढी देखिने गरेको छ । कर्णाली प्रदेशमा औलो रोग भेटिएका मध्ये सबैभन्दा बढी भारत तथा अन्य देशमा आएको भेटिने गरेको हो ।

कर्णाली प्रदेशमा यही भेटिने कमै रहेको बाहिरबाट आएमा बढी देखिने गरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले बताए । ‘कर्णाली प्रदेशमै औलोका रोगका बिरामी कम भेटिने गरेका छन् । यो हाम्रा लागि राम्रो संकेत हो,’ उनले भने,‘तर, बाहिरबाट आयतित औलो रोग धेरै रहेको छ ।’

उच्च पहाडी तथा हिमाली जिल्लामा औलो रोग बिरामीहरु देखिनु तथा आवश्यक प्रतिकारात्माक क्रियाकलाप नहुनु चुनौतीका रुपमा रहेको स्वास्थ्य सेवा निर्देशनालयका रोग नियन्त्रण महाशाखाका प्रमुख आचार्यले बताए । ‘खोज पड्ताल तथा विषादी छड्काउ गर्न समस्या रहेको छ,’ उनले भने, ‘समयमै औलो फैलिएको ठाउँमा जान पनि कठिनाई रहेको छ ।’

किटनाशकयुक्त झुल तथा विषादीको अनुसारको व्यवस्थापनमा कठिनाई हुनुका साथै ठुला सरकारी अस्पताल र निजी अस्पतालमा रिर्पो स्वास्थ्य सूचना प्रणालीमा समावेश नहुनुले पनि समस्या हुने गरेको स्वास्थ्य सेवा निर्देशनालयका रोग नियन्त्रण महाशाखाका प्रमुख आचार्यले जानकारी दिए ।

औलो नियन्त्रणका सरकारी बजेट पर्याप्त नहुनु, स्थानीय तह र प्रदेश सरकारसँग औलो सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव रहेको स्वास्थ्य सेवा कार्यालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

विकास सँगसँगै हिमाल गयो औलो

जलवायु परिवर्तनका कारणले हिमालको तापक्रम बढ्दै गएका कारणले उच्च हिमाली जिल्लाहरुमा तामक्रमको वृद्धि भएको र तापक्रमको वृद्धिका कारणले लामखुट्टेको जन्म हुन थालेपछि हिमाली जिल्लाहरुमा औलो र कालाजारका बिरामी भेटिन थालेका निर्देशक डा. खड्काले बताए ।

‘विकास सँगसँगै गाडीमा लामखुट्टे हिमाली जिल्लामा जान थाले । त्यसले हिमाली जिल्लामा औलो फैलिन थालेको छ,’ उनले भने, ‘पहिला पहिला तराई र पहाडका जिल्लाहरुमा देखिने औलो र कालाजार रोग जलवायु परिवर्तनका कारणले हिमाली जिल्लाहरुमा देखिन थालेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ