२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरुकुम पश्चिमको चौरजहारीका गर्भवती महिलालाई निःशुल्क भिडिओ एक्सरे सेवा

रुकुम पश्चिमको चौरजहारीका गर्भवती महिलालाई निःशुल्क भिडिओ एक्सरे सेवा


वीरेन्द्रनगर—रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका गर्भवती महिलाहरुले गाउँमै निःशुल्क भिडिओ एक्सरे सेवा पाउने भएका छन् । नगरपालिकाले नगरमा रहेका गर्भवती महिलाहरुलाई लक्षित गर्दै गाउँमै निःशुल्क भिडिओ एक्सरे सेवा दिने भएको हो ।

नगरपालिकाले ४ ठाउँमा गर्भवती महिलालाई निःशुल्क भिडिओ एक्सरे सेवा दिने भएको छ ।

नगरपालिकाले नगर स्वास्थ्य तथा सामाजिक विकास शाखा मार्फत गर्भवती महिलाहरुलाई गाउँमै गएर निःशुल्क भिडिओ एक्सरे सेवा दिन लागेको हो ।

वैशाख २७ गते देखि वैशाख ३० गतेसम्म सेवा सञ्चालन हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीता थापाले दिइन् । ‘पहिलो दिन वडा नम्बर १४ को नुवाकोट स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिने छ,’ उनले भनिन्, ‘वैशाख २८ गते वडा नम्बर १४ कै सहरी स्वास्थ्य सेवा केन्द्र तिमीले, वैशाख २९ गते वडा नम्बर १२ को आधारभूत स्वास्थ्य सेवा केन्द्र र वैशाख ३० गते वडा नम्बर ६ को पुर्तिमकाँडा स्वास्थ्य चौकीबाट सेवा दिइने छ ।’

विभिन्न कारणले भिडिओ एक्सरे गर्न छुटिरहेका गर्भवतीहरुलाई लक्षित गर्दै गाउँ गाउँमै निःशुल्क भिडिओ एक्सरे सेवा प्रदान गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ