२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमेयर हेल्थकेयर कार्यक्रमअन्तर्गत ८७६ जना सेवाग्राहीले लिए सेवा

मेयर हेल्थकेयर कार्यक्रमअन्तर्गत ८७६ जना सेवाग्राहीले लिए सेवा


वीरेन्द्रनगर—‘भरोसा होस नगर माथि, गाउँ घरमा स्वास्थकर्मी साथी’ भन्ने मुख्य नाराका साथ मेयर हेल्थकेयर कार्यक्रमअन्तर्गत रास्कोट नगरपालिकामा नियमित महिनाको एकपटक गर्ने मेयर हेल्थ केयर कार्यक्रम वडा नं. ६ मा सम्पन्न भएको छ । नगरपालिका भित्रका गर्भवती महिलाहरु, जेष्ठ नागरिकलगायतका अन्य बिरामीहरुको लागि सुगर, प्रेसर परीक्षणजस्ता सेवाहरु नगरपालिकाले घरदैलामै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।

रास्कोट नगरपालिकाले घर—घरमा एकीकृत सेवा दिने नीति तथा कार्यक्रमअनुसार वडा न ६ मा जेष्ठ नागरिक अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा बालबालिकालगायतका जम्मा सेवाग्राही ३२ जना पुरुष र महिला ४८ जना गरी जम्मा ८० जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

त्यसमध्ये आयुर्वेद सेवा ४० जना, भिडियो एक्सरे सेवा १२ जना गर्भवती, क्षयरोगको ३ जनाले शिविरबाट सेवा लिएको रास्कोट नगर स्वास्थ्य शाखाले जनाएको छ । चालु आर्थिक वर्षमा नगरका ८७६ जना निःशुल्क उपचार तथा औषधि सेवा पाएको नगरपालिकाको तथ्यांक छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ