२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउच्च रक्तस्रावबाट थलिएकी शाहीको हेलिकप्टरद्वारा उद्धार

उच्च रक्तस्रावबाट थलिएकी शाहीको हेलिकप्टरद्वारा उद्धार


वीरेन्द्रनगर—हुम्लाबाट उच्च रक्तस्रावबाट थलिएकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत ल्याइएको छ । उच्च रक्तस्राव भएपछि हुम्ला सर्केगार्ड गाउँपालिका–७ रोडीकोटकी ३२ वर्षीया धनकौरा शाहीको हेलिकोप्टरद्वारा उद्धार कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।

घरमा रक्तस्राव भएपछि उपचारका लागि साँया स्वास्थ्य चौकीमा पु¥याइएकी शाहीको रक्तस्राव हुन कम नभएपछि स्वास्थ्य सेवा कार्यालय हुम्लाको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा शाहीलाई हवाई उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

‘गर्भावस्थाकी शाहीको सुत्केरी हुने अन्तिम मिति अर्को महिना दिएको भएपनि उच्च रक्तश्रावका कारण अवस्था चिन्ताजनक भएपछि स्थानीय सायाँ स्वास्थ्य चौकीको अनुरोध अनुशार हेलिकोप्टरबाट उद्धार गरिएको हो,’ उनले भने, ‘अहिले उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार सुरु भैसकेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ