२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ महिला स्वास्थ्य स्वंयसेविकाको विदाइ

महिला स्वास्थ्य स्वंयसेविकाको विदाइ


वीरेन्द्रनगर—स्वास्थ्य सेवा कार्यालय कालिकोटले उमेरका कारण सेवा निवृत पाँच जना स्वंयसेविकाको विदाइ गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच जनही २० हजार रुपैयाँ नगद, सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मानसहित विदाइ गरेको हो ।

उमेरका कारण सेवा निवृत्त पाँच जनालाई विदाइ र लामो अवधि सेवा गरेर असामयिक निधन भएका दुई महिला स्वास्थ्य स्वयंसेविका परिवारका सदस्यलाई सम्मानजनक गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

पलाता गाउँपालिका–४ का सौपन्ना महतारा, पलाता गाउँपालिका–५ का धनकौरा बम, पचालझरना गाउँपालिका–९ का रेशमा शाही, नरहरिनाथ गाउँपालिका–३ का धनशोभा महतारा, खाडाँचक्र नगरापालिका–७ का मनशोभा मल्ललाई विदाइ गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

त्यस्तै, निधन भएका तिलागुफा नगरपालिका–६ का पद्मा शाही र खाडाँचक्र नगरपालिका–६ का देवीदरा शाहीको परिवारलाई सम्मान गरिएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महत जानकारी दिए ।

महिला स्वास्थ्य स्वंयसेविकालाई निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डा. संकेत विश्वकर्मा, जनस्वास्थ्य अधिकृतद्वय कटकबहादुर महत, गौराकुमारी घर्ती मगरलगायतले विदाइ तथा सम्मान गरेका थिए ,


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ