२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशवीरेन्द्रनगर नगरपालिकामा कार्यरत ९४ स्वास्थ्यकर्मीले सात महिनादेखि तलब पाएनन्

वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ९४ स्वास्थ्यकर्मीले सात महिनादेखि तलब पाएनन्


वीरेन्द्रनगर—वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ९४ स्वास्थ्यकर्मीले सात महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । नगरपालिकाका स्वास्थ्यमा कार्यरत कर्मचारीहरुले गत मंसिरदेखिको तलब सुविधा पाउन सकेका छैनन् ।

नगरपालिकाले सात महिनाअघि तलब खुवाएको र सात महिनायता तलव खुवाउन नसकेको नगर अस्पतालमा कार्यरत सिनियर अहेब किशोरकुमार रावलले बताए ।

‘चालु आर्थिक वर्ष २०७९/०८० को अन्तिम समयमा आइपुग्दासमेत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलब पाउने–नपाउने विषयमा समेत अन्यौलता छ,’ उनले भने, ‘यस अवस्थामा स्वास्थ्यकर्मीहरुले नगरपालिकासँग तलब भुक्तानी व्यवस्था मिलाउनसमेत अनुरोध गरेका छौं ।’

स्वास्थ्य मन्त्रालयले दुई पटक गरेर ९४ जना स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलान सम्बन्धी व्यवस्था, २०७७ मा अनुसार पठाएको नगरपालिकाको तथ्यांक छ ।

तलबभत्ता नपाएपछि कर्मचारी आन्दोलनमा

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग विभिन्न चरणमा छलफल भएको र त्यसको कुनै सुनुवाई नभएको वीरेन्द्रनगर नगर नगर अस्पतालमा सिनियर अहेब रावलले बताए ।

‘हाम्रा माग पुरा नभएका कारणले अहिले हामीले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘यसको असर खोप अभियानमा पनि परेको छ ।’

समायोजनमा आएका स्वास्थ्यकर्मीले सात महिनाको तलब नपाउँदा समस्या परेका हिलेखाली स्वास्थ्य चौकीका सिनियर अहेब खड्कबहादुर शाहीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ