२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमिर्गौला पीडितका दुख : ऋण खोजेर उपचार

मिर्गौला पीडितका दुख : ऋण खोजेर उपचार


जुम्ला–पछिल्लो समयमा जुम्लामा मिर्गौला रोगी बढ्दै गएका छन् । यो रोग लागेपछि हुने खानेभन्दा पनि हुँदा खाने सामान्य परिवारका लागि उपचारमा निकै समस्या भोग्ने गरेका छन् ।

तातोपानी गाउँपालिका–२ डाँगी वडाका ३४ वर्षीय मानबहादुर खत्री विगत डेढ वर्षदेखि मिर्गौला सम्बन्धी गम्भीर समस्याबाट ग्रसित थिए । आर्थिक अभावले केही महिना घरमै थला परे । गाउँले सहयोग उठाएर काठमाडौं हुँदै भारतको लखनउसम्म लिएर उपचार गराए ।

मिर्गौलामा समस्या आइसकेकोले प्रत्यारोपणको विकल्प नरहेको डाक्टरले सल्लाह दिएपछि घरपरिवारले प्रत्यारोपणको लागि खर्च जोहो गरेतापनि सम्भव भएन् । अहिलेको समयमा सित्तैमा पानीसम्म पाइदैन्, मिर्गौला दिने मान्छे पाउनु खत्रीका निकै कठिन भएको छ ।

मिर्गौला दिने मान्छेकै खोजीमा रहेका खत्रीका दम्पत्तीलाई एक अवसर आयो, मृगौला दिएर, मृगौला हाल्ने । दाङकी सोफिया श्रेष्ठलाई पनि मृगौला प्रत्यारोपण गर्नुपर्ने थियो । प्रत्यारोपण केन्द्रले क्रसम्याच गर्दा खत्रीकी श्रीमति ललिता रोकायाले सोफिया श्रेष्ठलाई मृगौला प्रत्यारोपण गरेको खण्डमा खत्रीलाई मिर्गौला पाइने भयो ।

आफ्नो श्रीमानको जीवनरक्षाका लागि मानबहादुरकी श्रीमती ललिता सोफियालाई मिर्गौला दिन तयार भइन् । उनले सोफियालाई आफ्नो मिर्गौला प्रत्यारोपण गरेपछि दाङका विकल्प पोखरेलले डेढ वर्षदेखि थलिएका मानबहादुर खत्रीलाई मिर्गौला दिए । गतसाता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा खत्रीलाई मिर्गौला प्रत्यारोपण गरियो ।

अहिले दवै श्रीमान श्रीमती उपचारमै छन् । तर, उपचार खर्चको चरम अभाव भएको छ । ‘मिर्गौला प्रत्यारोपणमै ऋण गरेको ७/८ लाख रुपैयाँ सकियो । अझै आईसियूममै छन् । होस खुलेको छैन्,’ कुरुवा मिम कार्की भन्छन्, ‘मिर्गौला प्रत्यारोपणका लागि ऋण जोहो गरेको ७÷८ लाख रुपैयाँ सबै सकियो । खल्तीमा चिया खाने पैसा समेत छैन् । अस्पतालमा अझै एक महिना बढी राख्ने कुरा छ । कसरी खर्च चलाउने ? एकदिनमै १०/१२ हजारको औषधी किन्नुपर्छ ।”

खाने बस्ने त परै जावस औषधी उपचारका लागि मात्रै कम्तीमा ५/६ लाख रुपैयाँ खर्च हुने देखिन्छ । औषधी किन्न समेत समस्या भएको कुरुवा कार्कीले सुनाए । मिर्गौला प्रत्यारोण गरिएका मानबहादुर खत्री र उनीको श्रीमती ललिताको थप उपचारका लागि आर्थिक अभाव भएपछि उपचार खर्च आमनागरिकलाई सहयोग गर्न आग्रह गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ