२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा पनि देखियो आँखा पाक्ने रोग, सुर्खेतमा बढे आँखा पाक्ने रोगका बिरामी

कर्णालीमा पनि देखियो आँखा पाक्ने रोग, सुर्खेतमा बढे आँखा पाक्ने रोगका बिरामी


वीरेन्द्रनगर—पूर्वी नेपालको मोरङलगायतका जिल्लामा आँखा पाक्ने रोगले प्रकोपकै रुप लिइरहेका बेला पश्चिम नेपालको कर्णालीमा पनि आँखा पाक्ने रोग देखिएको छ । सुर्खेतमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।

पछिल्ला दिनहरुमा आँखा पाक्ने भाइरल प्रकोपका कारण बिरामीको संख्या बढेको हो । यो रोगका कारण कतियय विद्यालयहरुका सबैजसो बालबालिका, शिक्षक, अफिसका कर्मचारी, बैंक तथा वित्तिय संस्थामा काम गर्नेहरु संक्रमित भइरहेका छन् ।

धेरै भिडभाड हुने ठाउँहरुमा रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न भएकाले जनघनत्व अलि बढी भएको ठाउँमा आँखा पाक्ने रोग प्रकोपका रुपमा देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. शक्ति सुवेदीले बताए ।

‘धेरैजसो बालबालिकाहरुमा महामारीकै अवस्था देखिएपनि यो रोग जुनसकै उमेर समूह, महिला–पुरुष सबै उमेर समूहका मानिसमा संक्रमित भएका छन्,’ उनले भने, ‘एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धेरै जनामा हुन सक्छ । पूरै घरका सदस्यहरुमा पनि हुन सक्छ ।’

वर्षायाममा यसको किटाणु सक्रिय हुने, ब्याक्टेरिया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारणहरु रहेको डा. सुवेदीको भनाइ छ । कर्णाली प्रदेश अस्पतालमा दैनिक ३० जना बिरामी उपचारका लागि आउने गरेको उनले जानकारी दिए ।

त्यस्तै, सुर्खेत आँखा अस्पतालमा दैनिक पाँचदेखि ६ सय नागरिकहरु आँखा पाक्ने रोगको समस्या लिएर पुग्ने गरेको नेत्र रोग विशेषज्ञ डा. आकांक्षा रानाले बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ