२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशआत्महत्या रोकथाम गर्ने अभियानमा कर्णाली

आत्महत्या रोकथाम गर्ने अभियानमा कर्णाली


सुर्खेत– आत्महत्या रोकथामका लागि कर्णालीमा अभियान थालिने भएको छ । प्रदेशमा आत्महत्या गर्नेको संख्या बढेको भन्दै ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने मूल नाराका साथ रोकथामका लागि अभियान सुरु गरिने भएको हो ।

विश्व आत्महत्या दिवसका अवसरमा आज कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी आत्महत्या रोकथामका लागि अभियान थालिने जनाएको हो ।

कर्णालीमा प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा २७३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी १०९ ले आत्महत्या गरेको सामाजिक विकास मन्त्रालयका कार्यरत सामुदायिक नसिङ्ग अधिकृत कविता खत्रीले जानकारी दिइन् ।

त्यसैगरी सल्यानमा ४५, दैलेखमा ४४, रुकुम पश्चिममा २८, जाजरकोटमा १९, कालिकोट १२ र जुम्लामा ६ मुगुमा ६ र हुम्ला चार जनाले आत्महत्या गरेका छन् । खत्रीका अनुसार डोल्पामा भने आत्महत्या भएको छैन ।

आत्महत्या रोकथाम र नियन्त्रणका लागि मनोसामाजिक नियन्त्रण सम्बन्धि कार्यविधि नै ल्याएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका आपुर्ति महाशाखाका निर्देशक डा.शक्ति सुवेदीले बताए । ‘अहिले कर्णाली प्रदेश सरकारले जनचेतनाकाका लागि विषेश कार्यक्रम नै सञ्चालन गरेको छ ।’ उनले भने ।

बालविवाह, बढ्दो सहरीकरण, बेरोजगारी र गरिबी तथा समयमै औषधि उपचार नपाउनुका कारणले आत्महत्या गर्ने गरेको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. सुशिल समदर्शीले बताए ।

आत्महत्या वा आत्महानिको सोच आएमा ११६६ फोन गरी निःशुल्क मनोपरामर्श लिन सकिनेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ