२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रदेश राजधानीकै महिला घरमा हुन्छन् सुत्केरी

प्रदेश राजधानीकै महिला घरमा हुन्छन् सुत्केरी


वीरेन्द्रनगर- कर्णाली प्रदेशमा पर्ने सुर्खेत जिल्ला प्रदेशमध्येकै विकसित जिल्ला हो । सुर्खेतमा सुविधासम्पन्न अस्पतालहरु रहेका छन् ।

तर, यसै जिल्लाका अधिकांश गर्भवती महिलाहरु स्वास्थ्य संस्था नगएर घरमा नै सुत्केरी हुने गरेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्षमा एक सय ३७ गर्भवती स्वास्थ्य संस्थामा नगएर घरमै सुत्केरी भएका हुन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, जहाँ प्रदेश अस्पतालसहित दुईवटा ठूला सरकारी अस्पताल छन् । त्यस्तै, सुर्खेतको मेहलकुनामा सुविधासम्पन्न अस्पताल रहेको छ ।

९ वटा स्थानीय तह रहेको सुर्खेतमा विशेषगरी ग्रामीण र दुर्गम पालिकामा घरमै सुत्केरी हुने गरेको छन् । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार सबैभन्दा बढी घरमा सुत्केरी चौकुने गाउँपालिका रहेका छन् । त्यहाँ ५१ जना महिला घरमै सुत्केरी भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको तथ्यांकअनुसार भेरीगंगामा २२ जना, पंञ्चपुरी नगरपालिकामा २० जना, बराहताल गाउँपालिकामा १६ जना, प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा १३ जना महिला घरमै सुत्केरी भएको छन् ।

सुर्खेतमा प्रदेश अस्पतालसहित दुई वटा ठूला सरकारी अस्पताल छन् । स्वास्थ्य चौकी ४७, आधारभूत स्वास्थ्य सेवा केन्द्र ४५, प्रयोगशाला भएका स्वास्थ्य संस्था २६ वटा छन् । ९९ वटा वडा रहेको सुर्खेतमा स्वास्थ्य संस्था नभएको वडा छैन् ।

कार्यालयका अनुसार यो अवधिमा पाँच वर्षमुनिका ५१ जना बालबालिका र दुई जना आमाको पनि मृत्यु भए छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ