२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्यका कर्मचारी भर्नामा अनियमितता आरोप लगाउनेलाई गाउँपालिकाले कानुनी उपचार खोज्ने

स्वास्थ्यका कर्मचारी भर्नामा अनियमितता आरोप लगाउनेलाई गाउँपालिकाले कानुनी उपचार खोज्ने


वीरेन्द्रनगर—कालिकोटको नरहरिनाथ गाउँपालिकाले स्वास्थ्यका कर्मचारी करार भर्नामा अनियमितता भएको आरोप लगाउने विरुद्ध कानुनी उपचार खोज्ने जनाएको छ । बुधबार बसेको गाउँपालिकाको आकस्मिक बैठकको कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।

२७ भदौंमा गाउँपालिकाले करारमा स्वास्थ्य क्षेत्रका कर्मचारी भर्ना गर्दा अनियमितता भएको आरोप लागेको छ ।

सञ्चालन गरेको परीक्षा विज्ञापन नं. ०१/२०८०–८१ अहेब (सहायक चौथो), विज्ञापन नं. ०२/२०८०–८१ अनमी (सहायक चौथो) र विज्ञापन नं. ०३/२०८०–८१ ल्याव असिस्टेन्ट (सहायक चौथो) पदका भएको परीक्षामा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको आरोप, सामाजिक संञ्जालमा आएको भिडियो र सामाजिक सञ्जालमा देखिएको अव्यहारिक अपरिपक्व अभिव्यक्तिप्रति गाउँपालिकाको गम्भीर ध्यानाअर्षण भएको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाले कर्मचारी भर्ना कार्यविधि विपरित एवं परीक्षामा आफ्ना आफन्त, नातागोता र कार्यकर्तालाई परीक्षा अगावै प्रश्नपत्र पैसामा बिक्री वितरण गरी परीक्षालाई अमर्यादित तथा गैरकानुनी बनाएकोको आरोप स्थानीयले लगाउँदै आएका छन् ।

छानविन समिति बनाइयो

सामाजिक सञ्जालमा आएका आरोप—प्रत्यारोपमाथि गम्भीर ध्यानाकर्षण भएको र बाहिरिएको भिडियोको यथार्थ जाँच गर्नका लागि गाउँपालिकाले प्रवक्ता प्रदीप बोहोराको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए ।

सामाजिक सञ्जालमा बाहिरिएको भिडियो निर्माणमा संग्लन व्यक्तिहरु यथार्थ नुबझी आफ्नो अभिव्यक्ति दिँदा जनप्रतिनिधी र कर्मचारीलाई गालीगलौज गर्नुका साथै व्यक्तिगत रुपमा आक्षेप लगाउनेहरुमाथि कानुनी रुपमा छानविन गर्नुका कानुनी सल्लाह र कानुनी प्रक्रिया अघि बढाउने निर्णय भएको अध्यक्ष विष्टले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ