२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशडेङ्गी नियन्त्रणका लागि मुसिकोट बजार सरसफाइ 

डेङ्गी नियन्त्रणका लागि मुसिकोट बजार सरसफाइ 


वीरेन्द्रनगर– डेङ्गी नियन्त्रणका लागि रुकुम पश्चिमको सदरमुकाम मुसिकोट बजार सरसफाइ गरिएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम र नेपाली सेनाको चण्डी दल गण सल्लेको संयुक्त आयोजनामा मुसिकोटका खलङ्गा, बागबजार, सेरिगाऊँ, मठ लगायतका ठाउँमा सरसफाइ गरिएको हो ।

डेङ्गी नियन्त्रणका लागि सरसफाइ कार्यक्रम सञ्चालन गरी बजार क्षत्रमा रहेका फोहोर तथा झाडी हटाउन सफाइ गरिएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख डाक्टर सुशील गौतमले बताए । ‘पानी जम्मा हुने टायर लगायतका वस्तु पनि हटाइएको थियो । साथै फोहोर व्यवस्थापनका लागि विभिन्न ठाउँमा २५ वटा डस्टविन राखिएको छ ।’ उनले भने,‘जिल्लामा डेङ्गी बिरामी बढ्दै गएकोले रोकथामका लागि सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो ।’

 सरसफाइ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी सहित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ