२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिका खेतुमा निःशुल्क आँखा शिविर, ३५ जनाको शल्यक्रिया

कालिका खेतुमा निःशुल्क आँखा शिविर, ३५ जनाको शल्यक्रिया


जुम्ला—हिमा गाउँपालिकाको कालिका खेतुमा तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । आर्थिक अभावले आँखाको उपचारबाट बञ्चित भएका जेष्ठ नागरिकलाई राहत पुग्ने उद्देश्यले प्रथामिक स्वास्थ्य केन्द्र कालिका खेतुमा शिविर सञ्चालन गरिएको हो ।

शिविर सोमबारदेखि बुधबारसम्म सञ्चालन हुनेछ । सिंजा भेगका तीन पालिका हिमा, सिंजा र कनकासुन्दरीका एक सय नागरिकको राहतका लागि शिविरको आयोजना गरिएको हो ।

हिमा गाउँपालिका स्वास्थ्य शाखा संयोजक रतनबहादुर रावतका अनुसार एक सय जनाको स्किन टेस्ट गरिएको र पहिलो दिन जाँच गरी दोस्रो र तेस्रो दिन शल्यक्रिया गरिनेछ । ९५ जनाको आँखा जाँच र ३५ जनाको शल्यक्रिया गरिदैंछ ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले हिमालय आँखा अस्पताल पोखराको सहयोग र पालिकाको आयोजना वर्षमा दुई पटक नि:शुल्क आँखा शिविर सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथामिकता दिएर हामी काम गरिरहेका छौं ।’

गाउँमै मोति बिन्दुको शल्यक्रिया सेवा पाउँदा हिमाका ८० वर्षीय मुनवीर नाथ योगीले साहत मिलेको बताए । उनले भने, ‘आँखा देख्न छोडेको धेरै समय भएको थियो । सुर्खेत, नेपालज्ज गएर उपचार गर्न सक्ने अवस्था छैन । अहिले गाउँमै आँखा उपचार भएपछि सहज भएको छ ।’ हिमालय आँखा अस्पतालबाट शिविर प्रमुख सुवास नेपालको नेतृत्वमा आँखा विशेषज्ञ चिकित्सकको टोली जुम्ला पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ