२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश२३ सय बढीको मुटु परीक्षण, १३ जना शल्यक्रियाका गर्नुपर्ने

२३ सय बढीको मुटु परीक्षण, १३ जना शल्यक्रियाका गर्नुपर्ने


जुम्ला-हिमामा संचालन भएको तीन दिने मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार तीन सय ७३ जनाको मुटु सम्वन्धी रोगी परीक्षण गरिएको छ । जस मध्ये १३ जनालाई मुटु शल्यक्रियाका गर्नुपर्ने विरामी भेटिएका छन् ।

हिमा गाउ पालीको आयोजना र मुटु जोगाउ संस्थाको प्राविधिक सहायतामा सो शिविर आयोजना गरीएको पालीका अध्यक्ष लक्ष्मण बहादुर साहीले जानकारी दिए ।

मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा दिएको थियो ।

शिविरमा जाच गर्दा भेटिएका शल्यक्रिया गर्नुपर्ने विरामीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँमा रेफर गरिएको अहेव गोविन्द भण्डारीले बताए ।

अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप र धूम्रपानका कारण मानिस हरुमा हृदयघातको जोखिम बढिरहेको डा भट्टराइले बताए ।

उनले गाउँगाउँमा मुटु रोगी बढेपनि अस्पताल पुगेर उपचार गराउने आर्थिक स्थिति कमजोर भएकोले रोग पालेर बस्न बाध्य भएको उनको भनाइ छ ।
दुर दराजका विपन्न नागरिकको समस्या बुझ्दै हिमा गाउँपालिकाले विभिन्न रोगको उपचार गर्न निशुल्क शिविर चलाउँदै आएको छ ।

हिमाको अध्यक्षमा लक्ष्मणबहादुर शाही निर्वाचित भएयता हिमा मात्रै नाक काट, हड्डी, पाठेघर, आँखा, मोतिया विन्दु शल्यक्रिया हुँदै मुटु रोग परिक्षण गरिएको छ ।

अध्यक्ष शाहीले भने निर्वाचित भएदेखि १७ महिनाको अवधिमा विभिन्न खाले ७ वटा शिबिर सञ्चालन भइसकेका छन् । जसअन्तर्गत हिमाले ३ दिने मुटु रोग परीक्षण गरेको हो ।

केही समय अघि निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरबाट ४१ जनाको शल्यक्रिया गरेको हिमाले मुटु जोगाउ अभियान अन्तर्गत २१ सय बढी बालबालिका मुटु रोग परिक्षण गरिएको छ ।

गाउँपालिकाको आयोजना तथा मुटु जोगाउ काठमाडौंको प्राविधिक सहयोगमा कुल दुई हजार तीन सय ७३ जनाको मुटु परिक्षण गरिएको पालिका अध्यक्ष शाहीले बताए ।

उनले भने ‘मेरो पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य हो । हाल सम्म करिब ७ वटा विभिन्न रोगको शिविर सञ्चालन गरेका छौँ । पालिका भरका सबै नागरिकको निशुल्क बिमा गर्ने पनि नीति छ । विद्यार्थीको मुटुको अवस्था थाहा पाउनको लागि परिक्षण गरेका हौँ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ