२०७९ असार २३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसर्पदंश उपचारको अब्बल केन्द्र बन्दै भरतपुर अस्पताल

सर्पदंश उपचारको अब्बल केन्द्र बन्दै भरतपुर अस्पताल


चितवनको भरतपुर अस्पताल सर्पदंशको प्रभावशाली उपचार केन्द्र बन्दै गएको छ । वर्षायाम सुरु भएसँगै सर्पको डसाईबाट अस्पताल आउनेको संख्यामा बृद्धि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले हेल्थ आवाजलाई जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा मात्र विषालु सर्पको डसाइका ९३ जना बिरामीको उपचार गरिएको छ । त्यस्तै, उनले गत बैशाखदेखि हालसम्म सर्पले डसेका २३ जनाको उपचार गरिएको बताए । हाल अस्पतालमा दैनिक १० देखि ११ जना सर्पले टोकेका विरामी आउने गरेका छन् । उनिहरुलाई आवश्यकता अनुसार अस्पतालमा रहेका २ वटा छुट्टै आइसियू बेडमा राखेर उपचार गर्ने गरिएको सूचना अधिकारी पौडेलको भनाई छ ।

अस्पतालमा विशेषगरी बारा, पर्सा, धादिङ, रुपन्देही, तनहुँ, गोरखा, कपिलवस्तु, नवलपरासीदेखि दाङसम्मका विरामी समेत आउने गरेका छन् । सूचना अधिकारी पौडेलका अनुसार पछिल्लो समय सबैभन्दा धेरै नवलपरासीबाट सर्पदंशका विरामी आउने गर्दछन् ।

यो पनि पढ्नुहोस् :

सर्पदंशबाट कसरी बच्न सकिन्छ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)