२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नयाँ कोरोना संक्रमित विराटनगरका

नयाँ कोरोना संक्रमित विराटनगरका


विराटनगर – दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन शनिबार कोरोना पोजेटिभ देखिएका व्यक्ति उदयपुरको मस्जिदबाटै ल्याइएका विराटनगरका व्यक्ति भएको खुलेको छ । शुक्रबार कोरोना पुष्टी भएका १२ जनासँगै बसेका ४ जनामध्येका थप १ जनामा कोरोना पुष्टि भएको हो ।
विराटनगर १७ का ६५ वर्षीय व्यक्तिबारे शंका लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा.दिपक सिग्देलले जानकारी दिए । उनको स्वाबको नमुना कोशी अस्पतालकै प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
उदयपुरको त्रियुगास्थित मस्जिदमा रहेका ११ भारतीय र १ नेपालीमा शुक्रबार नै संक्रमण पुष्टी भएको थियो । मस्जिदमै रहेका तीन नेपाली र एक भारतीयको नतिजा नेगेटिभ देखिए पनि उनीहरुलाई टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको थियो । भारतीय धर्मगुरुसँगै गएका विराटनगरका चार जनामध्ये २ जनामा संक्रमण देखिएको छ ।

क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ