२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए

कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए


काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार नियमित ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले थप ३ जनामा कोरोना पुष्टी भएको जानकारी दिएका छन् ।

उदयपुरको त्रियुगा नगरपालीका ३ मा थप ३ जनाको कोभिड-१९ पुष्टी भएको हो। उक्त थपिएका ३ संक्रमित पनि भुल्केस्थित मस्जिदमा बसेका जमाती समुह मध्येका रहेका छन् ।

उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव पिसिआर परिक्षण गर्दा पोजेटीभ देखिएको  प्रवत्ता डा. देवकोटाले बताएका छन्।

यससँगै उदयपुरका भुल्केमा मात्रै कोभिड-१९ संक्रमितको संख्या २७ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ