२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिषादीयुक्त तरकारीले स्वास्थ्यमा जोखिम

बिषादीयुक्त तरकारीले स्वास्थ्यमा जोखिम


काठमाडौं— स्वदेशमा उत्पादन हुने तथा आयात गरिएका तरकारी एवं फलफूलमा विषादीरहित अवस्था सुनिश्चित गराउन नेपाल चिकित्सक संघले ध्यानाकर्षण गराउने भएको छ ।

आयात गरिने तरकारी, फलफुल एवं खाद्यान्नको सीमा नाकामा विषादी जाँच नगरी निर्वाध रुपमा आयात गर्न दिने निर्णय सरकारले गरेको छ । सरकारको निर्णयमा गम्भीर ध्यानाकर्षण भएको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।

विषादीयुक्त तरकारी एवं फलफूलको सेवनले तत्काल र दीर्घकालीन स्वास्थ्य समस्या ल्याउने डा. श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार, तत्कालै पेट एवं छालाजन्य समस्या देखा परेपछि दीर्घकालीन रुपमा मुुटु, फोक्सो र मिर्गौलामा क्षति पुग्छ ।

गुणस्तरीय वस्तु एवं सेवा पाउने उपभोक्ताको हक भएको उल्लेख गर्दै चिकित्सक संघले विषादीयुक्त तरकारी, फलफूलको सेवनले पार्ने स्वास्थ्य असरबारे सु–सूचित गराउने भएको छ । संघका अध्यक्ष डा. श्रेष्ठले मंगलबार छलफल गरी जनस्वास्थ्यका दृष्टिले आम नागरिकलाई सु–सूचित गराउने जानकारी दिए ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले पनि सरकारी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विषादीका कारण सिर्जना हुने मानवीय तथा वातावरणीय क्षति रोक्नु सरकारको दायित्व भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले विभिन्न समयमा गरेको अनुगमन, विभिन्न सरकारी एवं गैरसरकारी क्षेत्रबाट भएको अध्ययन, अनुसन्धानबाट नेपालमा तरकारी उत्पादनमा विषादीको प्रयोग हुने गरेको पाइएको छ । त्यस्तै, अन्य मुलुकबाट आयात गरिने तरकारी, फलफूललगायतका उपभोग्य वस्तुहरुमा विषादीको मात्रा र अवस्थाको जाँच नै नगरी निर्वाध रुपमा आयात हुने गरेको छ । यसबाट आम उपभोक्ता, विषादी प्रयोगकर्ता किसान तथा कामदार, नीति निर्माताहरु समेतको गम्भीर असर पर्ने आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ