२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालगन्जका कोभिड–१९ संक्रमितको ट्रेसिङ : सम्पर्कमा आएका परिवारदेखि छिमेकीसम्मका ९ जनामा संक्रमण

नेपालगन्जका कोभिड–१९ संक्रमितको ट्रेसिङ : सम्पर्कमा आएका परिवारदेखि छिमेकीसम्मका ९ जनामा संक्रमण


काठमाडौं–नेपालगन्जमा थपिएका ९ जना कोभिड–१९ संक्रमित बाँकेमा शुक्रबार कोरोना संक्रमण पुष्टी भएकाको सम्पर्कका आएकाहरु रहेको पाइएको छ । आइतबार नेपालगन्जको पिसिआर प्रयोगशालामा परीक्षण गर्दा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

संक्रमण पुष्टी भएका ९ जना शुक्रबार  (१९ बैशाख) मा नेपालगन्जमा कोभिड–१९ पोजेटिभ पुष्टी भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएकाहरु रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

उपाध्यायकाअनुसार यसअघि कोभिड–१९ पुष्टी भएका ६० वर्षीय पुरुषको सम्पर्क आएका ९० जनाको थ्रोट स्वाब परीक्षण गर्दा ९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो । ‘अहिले कोभिड–१९ पुष्टी भएका व्यक्तिहरु उनको परिवारभित्रका, आफन्त र नजिक टोल छिमेकका रहेका छन्,’ उनले भने ।

संक्रमण पुष्टी भएका ९ जनालाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा लगिदैछ । उपाध्यायकाअनुसार अहिले ती ९ जनाको संम्पर्कका आएकाहरुको पनि ट्रेसिङको काम सुरु भैसकेको छ ।

आइतबार कोभिड–१९ पुष्टी भएका ९ जना ७ वर्षदेखि ५८ वर्षसम्मका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नेपालगन्जमा शुक्रबार कोभिड–१९ पुष्टी भएका ती व्यक्ति भारतबाट आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ