२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सक बाहेक ९ र १० औँ तहको समायोजन सकियो

चिकित्सक बाहेक ९ र १० औँ तहको समायोजन सकियो


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा समुह बाहेक ९ र १० तहको समायोजन पत्र वितरण गर्न सुरु गरेको छ । मंगलवार ९ र १० औ तहका आर्युवेद, हेल्थ इन्पेक्सन(हेइ), हेल्थ एजुकेसन, फार्मेसी र नर्सिङ्ग समुहको समायोजन प्रकृया पुरा भएको हो । समायोजन पुरा भएको समहको मंगलवार नै स्वास्थ्य सचिव स्तरीय निर्णय गरी बुधवार बाट पत्र वितरण सुरु गरीएको हो ।

९ र १० औ संगै नर्सिङ्ग ७ औ र ८ औ तहको समायोजन पनि पुरा भएको मन्त्रालयका प्रवत्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए । ‘अव ९ र १० तहको चिकित्सकहरुको मात्र समायोजन प्रकृया बाँकी छ ।’ उनले भने ‘त्यो पनि केही दिनमा टुंगिन्छ ।’

समान्य प्रशासन मन्त्रालयले एक महिना अघि नै समायोजनको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको थियो । धेरै प्रकारका समुह र तह रहेकाकारण सामान्य बाट आएको सूचीमा धेरै त्रुटी रहेको भन्दै मन्त्रालयले त्यसलाइ सच्याउन ७ जनाको गोप्य समिति बनाएको थियो । सो समितिले तहगत रुपमा अध्ययन गरी त्रुटी सच्याएर सवै तहको समायोजन प्रकृया अगाडी बढाइरहेको प्रवत्ता श्रेष्ठले बताए ।

मन्त्रालयले यस अघि ११ औ तहको समायोजन पुरा गरी पदस्थापन गनी गरीसकेको छ । प्रवत्ता श्रेष्ठले अवको एक हप्तामा सवै तहको समायोजन सम्पन्न हुने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ