२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीले थाले नीति तथा कार्यक्रमबारे सांसदहरुसँग छलफल

स्वास्थ्यमन्त्रीले थाले नीति तथा कार्यक्रमबारे सांसदहरुसँग छलफल


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग सोमबार सुझाव लिएका छन् ।

मन्त्रालयसँग सम्बन्धित आगामी कार्यक्रमका जनप्रतिनिधिसँग मन्त्र ढकालले पहिलोपटक यस प्रकारको छलफल सुरू गरेका हुन् । मन्त्री ढकालले बुधबारमात्रै चार प्रदेशका सांसदसँग स्वास्थ्य क्षेत्रको बारेमा सुझाव लिएका हुन् ।

उनले सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग सोमबार सुझाव लिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए । मन्त्री ढकाललाई अस्पतालहरुको स्तरोन्नती र जनशक्ति व्यवस्थापनमा ध्यान दिन सुझाव दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले पनि स्वास्थ्य मन्त्रालयमै आएर सुझाव दिएका थिए । मंगलबार वागमती प्रदेशभित्रका प्रतिनिधिसभाका सदस्यसँग सुझाव लिने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ