२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म

स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म


काठमाडौं—सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने १९ वटा कार्यक्रम प्रस्ताव गरेको छ । मन्त्रालयले ती कार्यक्रम सन्चालन गर्नका लागि २८ अर्ब ३१ करोड खर्चको प्रस्ताव गरेको छ ।

नियमित कार्यक्रमसँगै मन्त्रालयले संघमा ३ सय सैय्याको सरुवा अस्पताल र प्रदेशमा १ सय सैय्याको अस्पताल प्रस्ताव गरेको छ । स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रमका लागि प्रस्ताव गरेका १९ वटा नयाँ कार्यक्रमहरु :

१. महामारी तथा स्वास्थ्य विपतका लागि १ अर्बको कोष स्थापना गर्ने

२. संघमा ३ सय सैय्याको अस्पताल र प्रदेशमा १ सय सैय्याको अत्याधुनिक प्रयोगशालासहितको सरुवा रोग अस्पताल बनाउने ८ अर्ब १५ करोड खर्च गर्ने

३. विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा हेल्थ डेक्स राख्न ३० करोड

४. एक लाखभन्दा बढी नेपाली कामदार भएको मुलुकमा स्वास्थ्य सहचारी राख्ने ५ करोड

५. राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल र प्रादेशिक रोग नियन्त्रण केन्द्र स्थापना गर्न पूर्वाधारका लागि ५ करोड

६. स्वास्थ्य सेवा संगठनको पुनर्सरचना गर्ने १२ लाख

७. खाद्य तथा औषधी व्यवस्थापन नेपाल गठन गर्न भौतिक पूर्वाधारका लागि ५ करोड

८. स्वास्थ्यका विभिन्न ऐन, गठन आदेश र प्रतिष्ठानका ऐनहरुलाई मिलाएर छाता ऐन बनाउन २० लाख

९. प्रत्येक वडामा स्वास्थ्य संस्थालाई निरन्तरता दिन ७ अर्ब

१०. एक मेडिकल कलेजले एक जिल्लामा शल्यक्रियासहितको सेवा दिन १० करोड

११. दुर्गमको एक स्थानीय तह एक एमबीबीएस विद्यार्थी उत्पादनका लागि १० करोड ५० लाख

१२. संघअन्तर्गतका अस्पताल र केन्द्रहरुमा आकस्मिक सेवा निःशुल्कका लागि १४ करोड

१३. राजमार्गको एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गर्न १० करोड

१४. एक स्थानीय तह, एक एम्बुलेन्सका लागि १० करोड

१५. तोकिएका कडा रोगका बिरामीको निःशुल्क स्वास्थ्य विमाका लागि ३ करोड थप्ने

१६. ४० वर्ष माथिका हरेक नागरिकको ६ महिनामा एक पटक ग्लुकोज र अलबुमिन निःशुल्क जाँच गर्ने

१७. विद्यालय स्वास्थ्य कार्यक्रममा शारीरिक व्यायाम र योगअभ्यास अनिवार्य गर्न ३ करोड

१८. एक चिकित्सक, एक स्वास्थ्य संस्था ९ अर्ब

१९. स्थानीय स्वास्थ्य संस्थाबाट ७० वर्ष माथिकालाई घरमै गएर स्वास्थ्य सेवा प्रदान २ करोड ५० लाख


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ