गृहपृष्ठ ∕ समाचार ∕ किटले काेराेना पोजेटिभ देखाएका काठमाडौं महानगरका ३१ जना कर्मचारीकाे ल्याबमा रिपोर्ट नेगेटिभ किटले काेराेना पोजेटिभ देखाएका काठमाडौं महानगरका ३१ जना कर्मचारीकाे ल्याबमा रिपोर्ट नेगेटिभ हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, १९:५९ मा प्रकाशित काठमाडौं—शुक्रबार आरडिटी परीक्षणमा कोभिड—१९ पोजेटिभ देखिएका काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा महानगरमा कार्यरत ६ सय ६४ जनाको आरडिटी परीक्षण गरेको थियो । त्यसमध्ये ३१ जनामा आरडिटी पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएकामध्ये ३० जनामा एक्टीभ एन्टीबडी (आईजीएम) र १ जनामा प्यासीभ एन्टीबडी (आईजीजी) देखिएको थियो । आरडिटीमा पोजेटिभ देखिएका सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर जाँच गर्दा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए । सरकारले अहिले प्रयोग भएको आरडिटी किट उच्च गुणस्तरीय आएको र त्यसले सेन्सेटीभिटी पहिलेको भन्दा धेरै रहेको दावी गर्दै आएको छ । साथै, सो किटले एक्टीभ र प्यासीभ भाइरस पनि पत्ता लगाउने मन्त्रालयका अधिकारीहरु बताउँछन् । तर, काठमाडौं उपत्यकामा गरिएको आरडिटी परीक्षणमा त्यति धेरै पोजेटिभ आउँदा पिसिआरमा नेगेटिभ आएपछि किटको गुणस्तरीयता अध्ययन गर्नुपर्ने डा. पाण्डे बताउँछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य