गृहपृष्ठ ∕ समाचार ∕ किटले काेराेना पोजेटिभ देखाएका काठमाडौं महानगरका ३१ जना कर्मचारीकाे ल्याबमा रिपोर्ट नेगेटिभ किटले काेराेना पोजेटिभ देखाएका काठमाडौं महानगरका ३१ जना कर्मचारीकाे ल्याबमा रिपोर्ट नेगेटिभ हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, १९:५९ मा प्रकाशित काठमाडौं—शुक्रबार आरडिटी परीक्षणमा कोभिड—१९ पोजेटिभ देखिएका काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा महानगरमा कार्यरत ६ सय ६४ जनाको आरडिटी परीक्षण गरेको थियो । त्यसमध्ये ३१ जनामा आरडिटी पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएकामध्ये ३० जनामा एक्टीभ एन्टीबडी (आईजीएम) र १ जनामा प्यासीभ एन्टीबडी (आईजीजी) देखिएको थियो । आरडिटीमा पोजेटिभ देखिएका सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर जाँच गर्दा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए । सरकारले अहिले प्रयोग भएको आरडिटी किट उच्च गुणस्तरीय आएको र त्यसले सेन्सेटीभिटी पहिलेको भन्दा धेरै रहेको दावी गर्दै आएको छ । साथै, सो किटले एक्टीभ र प्यासीभ भाइरस पनि पत्ता लगाउने मन्त्रालयका अधिकारीहरु बताउँछन् । तर, काठमाडौं उपत्यकामा गरिएको आरडिटी परीक्षणमा त्यति धेरै पोजेटिभ आउँदा पिसिआरमा नेगेटिभ आएपछि किटको गुणस्तरीयता अध्ययन गर्नुपर्ने डा. पाण्डे बताउँछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन… पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ