२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ ‘रेड जोनमा’ स्वास्थ्य मन्त्रालय !

कोभिड–१९ ‘रेड जोनमा’ स्वास्थ्य मन्त्रालय !


काठमाडौं–पहिलो कोभिड–१९ पुष्टि भएका चिकित्सकले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २० जनाभन्दा बढी अधिकारी माझ एक कार्यक्रममा सहभागी भएको पाइएको छ ।

कन्ट्याक ट्रेसिङको फिल्ड अनुभव सेयर गर्न गत सोमबार उनलाई मन्त्रालयमा बोलाइएको थियो । स्वास्थ्य आपतकालीन व्यवस्थापन केन्द्र (एचईओसी)मा भएको सो कार्यक्रममा मन्त्रालयका उच्च अधिकारीहरु पनि सहभागी थिए ।

‘२० भन्दा बढी सहभागी थियौ,’ सो बैठकमा रहेका एक अधिकारीले भने, ‘एचईओसीको हल भित्र बाहिर भरिएको थियो ।’

संक्रमण पुष्टि भएका चिकित्सक कोभिड संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङका लागि कपिलवस्तु गएका थिएँ । त्यहाँ कन्ट्रयाक ट्रेसिङ गरेर आएका उनलाई कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टमले अनुभव आदान–प्रदान गर्न बोलाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ