२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २वीरगन्जमा कोरोना पोजेटिभ देखिएका मृतक क्षयरोगका बिरामी

वीरगन्जमा कोरोना पोजेटिभ देखिएका मृतक क्षयरोगका बिरामी


काठमाडौं—वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका एक वृद्धमा दाहसंस्कारपछि कोरोना पोजेटिभ देखिएको छ । २ जेठमा अस्पताल भर्ना भएका बारा कलैया—७ का ती ७५ वर्षीया वृद्ध क्षयरोगका बिरामी थिए ।

‘उहाँ क्षयरोगको बिरामी हुनुहुन्थ्यो । लाष्ट स्टेजमा हामी कहाँ आउनुभयो,’ नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्धिन अन्सारीले भने, ‘हामीले बिरामी आएपछि राख्नैपर्ने हुन्छ । हामीले राखेर उपचार गर्‍यौं ।’ कोरोना संक्रमण देखिइरहेका बेला मेडिकल कलेजले ती वृद्धको स्वाब संकलन गरेर २ जेठमै नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा शंकास्पद देखिएपछि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

२ जेठमा सिकिस्त अवस्थामा भर्ना भएका ती बिरामीको ४ जेठमा उपचारकै क्रममा मृत्यु भयो । यतिन्जेल स्वाबको नतिजा आइसकेको थिएन । ‘मान्छेको मृत्यु भैसकेपछि हामीले राखिरहन सक्ने अवस्था छैन्,’ अन्सारीले थपे, ‘मृतकलाई पैसाका लागि आईसीयुमा राखेर ठग्यो भन्ने अवगाल पनि आउने गर्छ । त्यो परिस्थितीलाई मध्यनजर गर्दै हामीले बिरामीका आफन्तलाई ह्याण्डओभर गर्‍यौ ।’

अस्पतालले ह्याण्डओभर गरेपछि बिरामीका आफन्तले धार्मिक परम्पराअनुसार मृतकको अन्त्येष्टी गरेका थिए । ‘आज १० दिनपछि बल्ल काठमाडौं पठाइएको उनको स्वाबमा कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी मेसु (नारायणी अस्पतालका मेसु) साबले दिनुभयो,’ अन्सारीले भने, ‘अब सरकारले जे गर्छ । हामी त्यसका लागि तयार छौं ।’ अस्पतालमा मृत्यु भएका बिरामीमा कोभिड—१९ पोजेटिभ पुष्टि भएपछि अहिले प्रशासनले सिल गर्ने तयारी गरेको छ । अन्सारीले विभाग सिल गर्ने वा सबै अस्पताल सिल गर्ने भन्ने प्रशासनको निर्णयमा भर पर्ने बताए ।

१९ वटा भेन्टिलेटर र ३० वेडको आईसियु रहेको नेशनल मेडिकल कलेजमा १० वटा आईसियु कोभिड—१९ का बिरामीको इमर्जेन्सी उपचारका लागि छुट्याइएको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ