२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया

नेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया


काठमाडौ –सवारी दुर्घटनाका कारण दुवै खुट्टाको ठूलो हड्डी भाँचिएका एक कोरोना संक्रमित युवकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल शल्यक्रिया सम्पन्न भएको छ ।

प्रतिष्ठानका हाडजोर्नी शल्य चिकित्सक प्रा.डा. सुमन श्रेष्ठको नेतृत्वमा सो शल्यक्रियामा सम्पन्न भएको छ । ती युवकको दुवै खुट्टाको ठूलो हड्डी भाचिएको र बायाँ हिप खुस्किएको थियो । यो शल्यक्रिया कोभिड-१९ संक्रमित नेपालमै गरिएको पहिलो शल्यक्रिया हो ।

डेढ घण्टा लगाएर गरिएको सो शल्यक्रियामा कोभिड-१९ को संक्रमण उपचारमा संलग्न चिकित्सक तथा नर्स र स्वास्थ्यकर्मीलाई नसरोस भनेर पिपीईलगायत सम्पूर्ण सुरक्षा व्यवस्था अपनाएर शल्यक्रिया गरिएको प्रतिष्ठानका कोभिड-१९ व्यवस्थापन टिमका संयोजक डा. विमल पाण्डेले बताए ।

भारतको मुम्बईबाट आएका ती युवाको टेम्पो एक्सिडेन्ट परी दुवै खुट्टा भाँचिएपछि काठमाडौको राजधानी अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएपछि उनको कोभिड-१९ परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोभिड पोजेटिभ देखिएपछि उनलाई शनिबार पाटन अस्पताल लगिएको थियो ।

पाटनमा वेड खाली नभएपछि काठमाडौ मेडिकल कलेजको दुवाकोट अस्पतालमा लगिएको थियो । आइतबार प्रतिष्ठानको अस्पतालमा रहेका ७ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै आइतबार बिहानै उनलाई ल्याएर शल्यक्रिया गरिएको डा. पाण्डेले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौ मेडिकल कलेज, #कोरोना, #पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ