२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ सय कट्यो

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ सय कट्यो


जनकपुरधाम– प्रदेश नम्वर २ मा पछिल्लो २४ अपडेट अनुसार २२ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ । जस मध्ये सप्तरीमा ९ र सिरहामा ११ र पर्सामा २ गरी आज मात्र पछिल्लो अपडेट अनुसार २२ जना संक्रमित थप भएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको डाकनेश्वरी नगरपालिकाका एक महिला सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले वताए । ९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । आज विहान थपिएका सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताए । आज विहानसम्म सप्तरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सिरहाको लहान नगरपालिका सहित ११ जनामा कोरोना संक्रमित पुष्टि भएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँइले बताए ।

लहान नगरपालिका स्थित जे.एस.मुरारका बहुमुखी कलेजमा राखिएको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा संक्रमण भेटिएको छ । संक्रमितहरु लहान नगरपालिका वडा २२ का ४ जना वडा १७ का १ जना वडा न.२० का १ जना वडा न.२३ का १ जना वडा न.१ का १ जना धनगढीमाई नगरपालिकाका २ जना र कल्याणपुर नगरपालिकाका १ जना गरी जम्मा ११ जना रहेको प्रजिअ गुराँगाइले वताए । संक्रमित सवै भारतबाट आएका हुन । कोरोना भाइरस संक्रमितको कुल संख्या सिरहामा २५ पुगेको छ ।

त्यसैगरी पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा उपचारका लागि पठाउने तयारी भइरहेको छ । सिराहाको धनगढीमाई नगरपालिका स्थित रहेको महेन्द्र गेनाई अस्पतालको आइसेलसन कक्षमा कोरोना संक्रमितहरुको उपचारका लागि पठाउने तयारी गरिरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गराँगाइले वताए ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा शनिबार बिहान एक ६० वर्षीया महिला र १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए । दुवै संक्रमित गत जेठ १३ मा भारतबाट फर्किएका थिए ।

सखुवाप्रसौनी गाउँपालिकाले भारतबाट फर्किएकालाई दीपनारायण आर्दश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ । गत जेठ १४ मा क्वारेन्टाइनमा रहेका ५० जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो,’ सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश रौनियारले भने, ‘ जसमध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’ उनका अनुसार १८ वर्षीय युवक सखुवाप्रसौनी गाउँपालिका– २ गुलवरीया टोल र ६० वर्षीया महिला वडा नम्बर १ मधवल मथवलको रेन्ज औराई टोलका बासिन्दा हुन् ।

‘दुवै संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ कार्य समेत सुरु गरिसकेका छौँ ।’ शनिबार २ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । यसैगरी प्रदेश न.२ मा पछिल्लो अपडेट अनुसार ५ सय १८ जनाकोरोना संक्रमित पुगेका छन् । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ