२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकपिलबस्तुमा एकैदिनमा थपिए १०६ काेराेना संक्रमित, देशभर १४०१ पुग्याे

कपिलबस्तुमा एकैदिनमा थपिए १०६ काेराेना संक्रमित, देशभर १४०१ पुग्याे


काठमाडौँ -पछिल्लो २४ घण्टामा देशभर १ सय ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका मध्ये १ सय ६ जना कपिलबस्तुका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन्।

काठमाडौँ, रुपन्देही र दाङको प्रयोगशालामा परीक्षण गर्दा कपिलबस्तुमा मात्र १ सय बढी संक्रमित थपिएका हुन् । पछिल्लो तथ्यांकअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गरिएकोमा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये धनुषाका ७, झापाका १, कपिलबस्तुका ७७ जना, ललितपुरका १, महोत्तरीका ४, रौतहटका ४, सर्लाही १७, सिराहा ११ जना छन् ।

त्यसैगरी, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलबस्तुकै २६ जनामा कोभिड १९ पुष्टि भएको हो । आजै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्यावमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पुष्टि भएको डा. देवकोटाले जानकारी दिए ।

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावमा गरिएको परीक्षणमा ८ जनामा पोजेटिभ आएको छ । कपिलबस्तुकै ३, दाङका ५ जना रहेका छन् । नारायणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा बाराका १, पर्साका २ जनामा कोरोना देखिएको छ ।

शुक्रबार बेलुका आएको रिपोर्टअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।

योसँगै देशभर कोभिड-१९ पुष्टि हुनेको संख्या १ हजार ४ सय १ पुगेको छ । जसमध्ये ७ जना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ