२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए १६६ संक्रमित, नेपालमा संक्रमितको संख्या १५०० नाघ्यो

थपिए १६६ संक्रमित, नेपालमा संक्रमितको संख्या १५०० नाघ्यो


काठमाडौं—नेपालमा थप १६६ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

प्रवक्ता डा. देवकोटाकाअनुसार नयाँ संक्रमित हुनेहरुमा बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , कपिलवस्तुका ५ जना, रौतहटका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे छन् ।

पछिल्लो समय नेपालले कोरोना परीक्षण प्रयोगशालाको संख्या र परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमित पुष्टि हुने संख्या पनि बढिरहेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको हो । जसमध्ये २२० संक्रमितले कोरोना विरुद्धको लडाइ जितेका छन् । प्रवक्ता डा. देवकोटाले सम्मेलनमा जनाएअनुसार प्रदेश नम्बर १मा ३० जना, प्रदेश २ मा १ सय ४ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नम्बर ५ मा ४८ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

नेपालमा संक्रमण बढेसँगै संक्रमितहरुको मृत्यु पनि दिनानुदिन बढ्दै गएको प्रवक्ता डा. देवकोटाले बताए । पछिल्लो २४ घण्टामा मात्रै दुई संक्रमितको मृत्यु भएको छ। दैलेखमा गएको शनिबार एक जना पुरुष र आज विहान बाजुराकी एक बालिकाको मृत्यु भएसँगै कोभिडबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअघि कोरोना संक्रमणले सिन्धुपाल्चोकमा १ महिला, बाँकेमा १ पुरुष, गुल्मीमा १ पुरुष, बाराका १ पुरुष, ललितपुरका १ पुरुष र अर्घाखाँचीका १ वृद्धको मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ