२०८१ कात्तिक १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपिसिआर विधिबाट मात्रै कोरोना परीक्षण गर्न जनस्वास्थ्य चिकित्सक समाजको सुझाव

पिसिआर विधिबाट मात्रै कोरोना परीक्षण गर्न जनस्वास्थ्य चिकित्सक समाजको सुझाव


काठमाडौँ -नेपाल पब्लिक हेल्थ चिकित्सक समाजले दुई महिना अघि देखि जारी लकडाउनको बाबजुद पनि संक्रमण बढ्दै गएकोमा आपति जनाएको छ। मंगलबार समाजले विज्ञप्ति जारी गर्दै बढ्दो कोरोना संक्रमणले आम समुदायमा चिन्ताको विषय बनेको  र यसको रोकथाम र थप क्षति हुन् नदिन सबै सतर्क हुनु पर्ने जनाएको हो।

संक्रमणको भयावहतालाई दृष्टिगत गरी धनजनको थप क्षति हुन नदिनको निमित्त क्रियाशील तथा सतर्क रहनु पर्ने बताउँदै समाजले ६ बुँदे सुझाव दिएको छ ।

उक्त ६ बुँदे सुझावको पहिलो बुँदामा कोरोना संक्रमितको रिपोर्ट जतिसक्दो चाँडो आउनु जरुरी रहेकोले आरडीटी विधिबाटभन्दा पनि पनि पिसिआर विधिबाट मात्रै परीक्षण हुनुपर्ने उल्लेख गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ