२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वआईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ?

आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ?


आईभीएफको अर्थ इन भिट्रो फर्टिलाइजेसन हो । यसलाई आम बोलीचालीको भाषामा ‘टेस्ट ट्युब बेबी’ पनि भनिन्छ । यो प्राकृतिक रुपमा गर्भधारण गर्न असफल दाम्पतीको लागि सन्तान पाउने कृत्रिम माध्यम हो ।

मेडिकल साइन्सले बाँझोपनको उपचार वर्षौ पहिला नै निकालेको थियो । लामो समयको अध्ययनपछि कृत्रिम गर्भधारणाको प्रक्रिया निकालेको हो । यो प्रक्रियामा यदि महिला कुनै कारणबश आमा बन्न नसके उनका लागि यो वरदान सावित हुन्छ । बाँझोपनबाट छुटकारा पाउनका लागि प्रत्येक वर्ष दुनियाँभर २५ जुलाईको दिन आईभीएफ दिवस मनाइन्छ ।

आईभीएफ दिवसको सुरुवात सन् १९७८ बाट भएको थियो । जब आईभीएफको माध्यमबाट पहिलो बच्चाको जन्म भयो, त्यही वर्षबाट प्रत्येक वर्ष २५ जुलाईलाई विश्व भु्रण विज्ञान दिवसको रुपमा मनाइन्छ ।

१० नोभेम्बर १९७७ मा लेस्ली ब्राउन नामकी महिलाले डाक्टर स्टेप्टो र एडवर्ड्सको मद्दतबाट आईभीएफ प्रक्रिया सुरु गरेकी थिइन् र २५ जुलाई १९८७ मा एक बच्चालाई जन्म दिइन् ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ