२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एकैदिन थप २७३ जनामा देखियो कोरोना पोजेटिभ

नेपालमा एकैदिन थप २७३ जनामा देखियो कोरोना पोजेटिभ


काठमाडौं—नेपालमा थप २७३ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा  पछिल्लो २४  घण्टामा २७३ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

प्रदेश १ मा ६ जना, प्रदेश २ मा १०१ जना, गण्डकी प्रदेशमा १६ जना, कर्णाली प्रदेशमा ११४ जना र प्रदेश ५ मा ३६ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

कर्णाली प्रदेशमा ११४ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा १०६ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । खल्याड गाउँपालिका – २ मुगुका २७ वर्षका पुरुषमा कोरोना भाइरस पुष्टि भएको प्रतिष्ठानका मेडिकल रेकटर मेघराज बुढाले बताए । यस्तै, दैलेख जिल्ला नारायण नगरपालिका ६४ जना पुरुष, ५ जना महिलामा कोरोना पुष्टी भएको छ । देवलकाँडाका १२ जना पुरुष, सोतका ९ जना पुरुष, मानटाकुराका ७ जना पुरुष, साडुका २ पुरुष, भगनीका ५ जना पुरुष, बासकोट एक जना पुरुष गरी १०५ जनामा कोरोना भाइरस पुष्टि भएको उनले बताए । सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा नारायण नगरपालिका—१० का ३ जना, नौमुले—१ र २ का ५ जना रहेका छन् ।

यस्तै, प्रदेश २ मा १०१ जनामा कोभिड—१९ संक्रमण देखिएको छ । जसमा सबैभन्दा बढी राैतहटका ६५ जना, बारा १२ जना, सप्तरी १२ जना, धनुषा ६ जना, सर्लाही ३, महोत्तरी ३ र पर्सामा एक जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

प्रदेशमा १ को कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । खोटाङका २ जना र झापाको कचनकवल २ जनामा कोभिड—१९ पुष्टि भएको छ भने एक जनाको भने स्थान खुल्न सकेको छैन् । यस्तै, प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । ती व्यक्ति मोरङको सुन्दर हरैचा नगरपालिकाका रहेका छन् ।

गण्डकी प्रदेशमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । बाग्लुङमा १० जना, पर्वतमा ४ जना र स्याङजा र म्याग्दीमा १/१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

प्रदेश ५ मा थप ३६ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो ।  भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।रुपन्देहीका १८ जना, नवलपरासी पश्चिमका २ जना, अर्घाखाँची र पाल्पाका १÷१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । यस्तै, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबै दाङ जिल्लाकै रहेका छन् ।

यसमा नेपालगन्ज र धनगढीस्थित प्रयोगशालाको पछिल्लो अपडेट समेटिएको छैन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ