२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पाँच जना मर्यादा पालकमा संक्रमण पुष्टि भएपछि प्रदेशसभा बैठक स्थगित

पाँच जना मर्यादा पालकमा संक्रमण पुष्टि भएपछि प्रदेशसभा बैठक स्थगित


जनकपुर – प्रदेश २ का प्रदेशसभाका पाँच जना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभाका वैठक स्थगित भएको छ । प्रदेश २ का प्रदेशसभा सचिवालयमा कार्यरत ५ जना मर्यादा पालकमा कोरोना भाइरसको पुष्टि भएपछि बिहीबार आव्हान गरिएको संसद् बैठक स्थगित गरिएको छ ।

प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ । कोरोना पोजिटिभ देखिएका ५ जना पुरुष हुन् ।

उनीहरु प्रदेशसभामा कार्यरत मर्यादापालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले बताए । मर्यादा पालकमा कोरोना पोजिटिभ देखिएपछि बिहीबार ३ बजे बस्ने भनिएको संसद्को बैठक स्थगित गरिएको छ । यादवले भने अर्को बैठक शुक्रबार १ बजेका लागि निर्धारण गरिएको छ ।

प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको बताए । संक्रमित पाँचै जनालाई आईसोलेन्सनमा पठाउने तयारी भइरहेको बताए । प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु भएको थियो ।

पछिल्लो अपडेट अनुसार प्रदेश २ मा १ सय २ जना संक्रमित थप भएका छन् । जसअनुसार सप्तरीका १२ जना,धनुषाका ६ जना,सर्लाहीका ३ जना,महोत्तरीका ३ जना रौतहटका ६५ जना, बाराका १२ जना र पर्साका १ जना गरी जम्मा १ सय २ जना कोरोना संक्रमित थप भएका छन् । यससँगै प्रदेश २ मा अहिले सम्म संक्रमितको संख्या ९ सय ६१ पुगेको छ भने कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या १ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ