२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ५ सहित एकैदिन थप ४५१ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ५ सहित एकैदिन थप ४५१ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यका ५ जनासहित देशभर ५ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ३५ जना महिला र ४१६ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार सोमबार काठमाडौंमा ४ जना र ललितपुर १ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

जसमा काठमाडौंमा दुई जना महिला र २ जना पुरुष रहेका छन् भने ललितपुरमा एक महिलामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

कहाँ कति देखियो

प्रादेशिक प्रयोगशाला विराटनर—मोरङका १ जना,
नारायणी अस्पताल प्रयोगशाला वीरगन्ज—पर्साका १० जना, रौतहटको १ जना
प्रादेशिक प्रयोगशाला पोखरामा—तनहुँका ५ जना
सेती अस्पताल प्रयोगशाला धनगढी—अछामका ३ जना, कैलालीका २ जना, डोटी २ जना
भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज—बाँकेका ५ जना, बर्दिया १६ जना, प्यूठान ३ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला—दैलेखका ५ जना,
प्रादेशिक प्रयोगशाला जनकपुर—महोत्तरीका २० जना, धनुषाका ४ जना
भरतपुर अस्पताल प्रयोगशाला—३ जना, अर्घाखाँचीको ३ जना र चितवनका १ जना
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा—गुल्मी २ जना, रुपन्देही ५ जना
कोशी अस्पताल प्रयोगशाला विराटनगर—सुनसरीका ३ जना, मोरङका २१ जना, झापाका १ जना
प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेत—दैलेखका ८८ जना, सुर्खेत १९ जना
धुलिखेल अस्पताल प्रयोगशाला—रोल्पाका ४ जना, काठमाडौंका १ जना पुरुष
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ—४३ जना
त्रिवि शिक्षण अस्पताल महाराजगन्ज—कैलाली १ जना
हेटौडा प्रयोगशाला— रौतहटका २५ जना
शुक्रराज अस्पताल प्रयोगशाला—धादिङका ९ जना, काठमाडौंका १ जना
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—ललितपुर १ जना, काठमाडौंका २ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—बारा १ जना, गुल्मी ७ जना, कपिलवस्तु १ जना, महोत्तरीका १० जना, पाल्पाका १० जना, रौतहट ७६ जना, रुपन्देही ७ जना, सर्लाहीका २३ जना, सिरहाका ४ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ