२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सरकारी अस्पतालमै आरडिटीकाे कालाेबजारीः ५ सय ९५ मा किनेर ११ सय ५० लिएर विरामीकाे काेराेना जाँच

सरकारी अस्पतालमै आरडिटीकाे कालाेबजारीः ५ सय ९५ मा किनेर ११ सय ५० लिएर विरामीकाे काेराेना जाँच


चितवन – भरतपुर स्थित बिपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालले विरामीकाे काेराेना जाचकाे नाममा आरडिटी (-यापीड डाइग्नाेष्टिक किट)मा कालोबजारी गर्ने गरेको फेला परेको छ ।

टेन्डर प्रक्रियाबाट पाँच सय ९५ रुपैयाँमा खरिद गरेको आरडिटी अस्पतालले बिरामीहरुसँग झन्डै दोब्बर मूल्य लिने गरेको जिल्ला प्रसाशन कार्यलय चितवनमा उजुरी परेकाे छ । तर प्रशासन भने मौन भएर बसेको छ ।

क्यान्सर अस्पतालमा भइरहेको कालोबजारीका सम्बन्धमाा उजुरी गर्न गएकाहरूलाइ प्रमुख जिल्ला अधिकारीले नारायण प्रसाद भट्टराईले छानबिन गर्ने प्रतिवद्धता जनाएका थिइ । त्यस्को कुनै सुनुवाइ नभएको बिरामीका आफन्तहरू ले गुनासो गर्ने गरेका छन् ।

अस्पतालले पाँच सय ९५ रुपैयाँको आरडिटीमा एक जनाको परीक्षण गरे बापत झन्डै ११ सय ५० रुपैयाँ लिने गरेको छ । लागतमा झन्डै २० प्रतिशत बढी लिन पाउने भए पनि शतप्रतिशत थप शुल्क लिनु भनेको प्रचलित कानुन अनुसार कालोबजारी हो ।

यता, अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतम भने, अस्पताल समितिकै निर्णय अनुसार मूल्य निर्धारण गरिएको बताएका छन् ।

गौतमका अनुसार अन्य परीक्षण अस्पतालमा निकै कम शुल्कमा भएको छ, त्यसैले कुनै एउटा परीक्षणको मूल्य हेरेर प्रश्न गर्नु अन्याय हो ।’ अस्पतालले जेठ पहिलो हप्ता टेन्डरमार्फत दुई हजार आरडिटी खरिद गर्ने सम्झौता गरेको थियो । त्यसअनुसार पहिलो चरणमा आएको आठ सयमध्येबाट दुई सय भन्दा बढीको आरडिटी परीक्षण भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ