२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए २४६ कोरोना संक्रमित, कहाँ कति ?

थपिए २४६ कोरोना संक्रमित, कहाँ कति ?


काठमाडौं—थप २४६ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । यो समाचार तयार पारुन्जेल देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ८५ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये तनहुँ ४ जना, बाग्लुङ ४३ जना, नवलपरासी पूर्व १९ जना, मुस्ताङ १ जना, म्याग्दी ४ जना, पर्वत २ जना, स्याङजा १० जना, कास्की २ जनामा कोरोना पोजेटिभ  देखिएको छ ।

भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा ७ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । बर्दियाका ३ जना, रोल्पाका ३ जना र बाँकेका १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रदेश नंं. २ मा ७२ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । बारामा ३ जना, सिरहा ५७ जना, सप्तरी २ जना, महोत्तरी २ जना, धनुषामा ८ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

प्रदेश नं. १ मा १५ जनामा कोभिड—१९ पाजेटिभ देखिएको छ । जसमा झापाका ६ जना, मोरङ २ जना, सुनसरी २ जना र उदयपुरमा ४ जनामा रहेका छन् ।

यस्तै, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । कैलालीका ३० जना, कन्चनपुरका २ जना, बाजुराका २ जना, बैतडीका २ जना, डोटीका ५ जना, डडेल्धुराका २ जना रहेका छन् ।

कर्णालीमा प्रदेशको सुर्खेतस्थित प्रयोगशाला १० जना र राप्ती प्रयोगशालामा १ जना गरी ११ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा सुर्खेतमा २ जना, दैलेख २ जना, सल्यानका ६ जना, रुकुम पश्चिमका १ जना रहेका छन् ।

भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका १४ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । यसमा सबै प्रयोगशालाको पूर्ण विवरण नसमेटिएकाले यो संख्यामा वृद्धि हुने देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ