२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २राजु सदाय घटनामा संलग्न दोषीमाथि कारवाहीको माग गर्दै दलित समुदायद्वारा प्रदर्शन

राजु सदाय घटनामा संलग्न दोषीमाथि कारवाहीको माग गर्दै दलित समुदायद्वारा प्रदर्शन


जनकपुर – आइसोलेसनमा मृत्यु भएका राजु सदाय घटनामा संलग्न दोषीमाथि कारवाहीको माग गर्दै दलित समुदायले जनकपुरमा  निकालिएको विरोध जुलुसमा प्रहरीले आश्रु ग्यास र हवाई फायर गरेको छ । दलित संघर्ष समितिको नेतृत्वमा विहिबार भएको प्रदर्शनको क्रममा प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो ।

सयौको संख्यामा गाउँ–गाउँबाट आएका प्रदर्शनकारी तोडफोमा उत्रिएपछि मुख्यमन्त्री कार्यालय नजिक अश्रुग्यास प्रहार र हवाय फायर गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

आरडीटी रिपोर्ट पोजेटिभ आएपछि जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषाको हंशपुर नगरपालिका ७ प्रसाहीका १६ वर्षीय किशोर राजु सदाको असार ९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएको थियो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ