२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाग्लुङको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

बाग्लुङको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि


पोखरा-बाग्लुङको ढोरपाटनमा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि भएको छ । ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा बसेका ती २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियो।

गण्डकी प्रदेश निर्देशक डा. विनोदविन्दु शर्मा क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोभिड-१९ पुष्टि भएको जानकारी दिए ।

ती युवकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसिआर जाँच भएको थियो । उनका परिवारका ३ सदस्यमा कोरोना नेगेटिभ  रिपोर्ट आएको थियो भने एक बच्चाको रिपोर्ट आउन बाँकी छ ।

ती युवकको स्थायी घर भने निसीखोला गाउँपालिका हो । अब उनको खुंगामै शव व्यवस्थापन गर्ने तयारी भएको ढोरपाटनका मेयर देवकुमार नेपालीले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ