२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नारायणी अस्पताल वीरगन्जमा शुल्क लिएर कोरोना परीक्षण सुरु

नारायणी अस्पताल वीरगन्जमा शुल्क लिएर कोरोना परीक्षण सुरु


जनकपुर-वीरगन्जको नारायणी अस्पतालले शुल्क लिएर कोरोना भाइरसको परीक्षण सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गते नारायणी अस्पतालसहित देशका ६ वटा अस्पताललाई सःशुल्क पिसिआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार नारायणी अस्पतालले बिहीवार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको संक्रमण पत्ता लगाउन शुल्क लिएर पिसीआर परिक्षण गर्ने वताएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदनकुमार उपाध्यायले जारी गरेको विज्ञप्तिमा प्रोटोकलभन्दा बाहिरका व्यक्तिहरुले आरटी—पीसीआर गराउँदा ५ हजार ५ सय रुपैयाँ लाग्ने उल्लेख छ ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले निर्देशिकाबाहेकका नमुना परीक्षणका लागि सम्पूर्ण परीक्षणको पच्चीस प्रतिशतमा नबढ्ने गरी शुल्क लिइने जानकारी दिए ।

यसअघि बागमती प्रदेशमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पतालले यस्तो सेवा दिँदै आएका थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीको उपस्थितिमा असार २४ गते बसेको बैठकले सातवटै प्रदेशका एक एक अस्पताललाई शुल्क लिएर पिसिआर परीक्षण गर्न निर्देशन गरेको थियो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ