२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २लायन्स क्लबद्धारा गजेन्द्रनारायण सिंह अस्पताललाई चार सय भिटिएम किट प्रदान

लायन्स क्लबद्धारा गजेन्द्रनारायण सिंह अस्पताललाई चार सय भिटिएम किट प्रदान


जनकपुर– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई लायन्स क्लबले चार सय थान भिटिएम किट प्रदान गरेको छ । डिस्ट्रिक ३२५ ए टु अन्तर्गतको राजविराज लायन्स क्लबले मंगलबार एक कार्यक्रमबीच अस्पतालका प्रमुख डा. रन्जित झालाई भिटिएम किट हस्तान्तरण गरेको हो ।

पर्याप्तमात्रामा भिटिएम किट उपलब्ध नहुँदा सुस्त गतिमा भैरहेको पिसिआर परिक्षणको दायरालाई तिव्ररुपमा बढाउनकाका लागि उक्त अस्पताललाई किट उपलब्ध गराइएको राजविराजस्थित लायन्स क्लवले जनाएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा आयोजित कार्यक्रममा लायन्स क्लब राजविराजका निवर्तमान अध्यक्ष शंकर शारदा, पूर्व अध्यक्ष डा. मूरलीप्रसाद सिंह, हरेकृष्णप्रसाद सिंह, गोबिन्द सिंह, सांसद मृगेन्द्रकुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन, लायन्सका महासचिव फुरकान अंसारी, सदस्य हरि जोशी, शुसिला बरा लगायतले उक्त सामग्री अस्पतालका प्रमुख डा. झालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अस्पताल प्रमुख डा. झाले लायन्स क्लब परिवारप्रति धन्यवाद दिँदै सबैको सामूहिक प्रयास र सहयोगबाटमात्र कोभिड–१९ लाई जित्न सकिने बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार
ट्याग : #गजेन्द्रनारायण सिंह अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ