२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३ सय शैय्याकाे सरूवा राेग अस्पताल निर्माण गर्न सरकारले सैद्धान्तिक सहमति दियो, स्वास्थ्यले निर्णय गर्न सकेन

३ सय शैय्याकाे सरूवा राेग अस्पताल निर्माण गर्न सरकारले सैद्धान्तिक सहमति दियो, स्वास्थ्यले निर्णय गर्न सकेन


काठमाडौं—सरकारले कोरोना भाइरस (कोभिड—१९) महामारी सुरु भएसँगै तीन सय शैय्याको सरुवा रोग अस्पताल बनाउने निर्णय भएको थियो । मन्त्रिपरिषद्ले २० माघमा सरुवा रोग नियन्त्रणका लागि ३ सय शैयाको अस्पताल बनाउन सैद्धान्तिक सहमति दिएको थियो ।

देशको एक मात्रै संक्रामक रोग अस्पताल घना बस्तीभित्र भएपछि त्यसलाई बस्तीभन्दा पर सार्ने भनिएपनि अझै प्रक्रिया अघि बढेको छैन । टेकु अस्पताल एक सय शैय्याको हो । तर, कोभिड—१९ ले सामाजिक दूरी कायम गरी बेडको व्यवस्थापन गर्नुपर्दा ७५ बेड मात्रै संचालनमा छ ।

नयाँ भवन निर्माण गर्न अस्पतालले ५७ करोड लागत अनुमानसहितको गुरुयोजना तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको थियो । तर, मन्त्रालयले सो गुरुयोजना समेत स्वीकृत नगरेको महालेखाले औल्याएको छ । अस्पतालका प्रमुख डा. सागर राजभण्डारीका अनुसार भवन निर्माणबारे कुनै पत्र आएको छैन । ‘तीन वर्ष भित्र बनाइसक्ने भनिएको छ, जग्गा समेत भेटिएको छैन्,’ निर्देशक राजभण्डारी भन्छन्, ‘औपचारिक रुपमा कुनै पत्र मन्त्रालयबाट आएको छैन । कोरोनाका लागि बन्ने अस्पताल उसैले निर्माण कार्य रोकेजस्तो छ ।’

प्रत्येक वर्ष सरुवा रोगका बिरामी बढ्दै जाने मात्रै होइन्, नयाँ संक्रामक रोग समेत देखा पर्न थालेका छन् । ‘हाल महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरस, सार्सजस्ता भाइरसबाट सुरक्षित रहन टेकु अस्पतालको क्षमता विस्तार अति आवश्यक छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ । उच्च संक्रमणजन्य रोगको उपचार हेपाफिल्टर (वार्डलाई आइसोलेटेड गर्ने मेसिन)सहितको सुरक्षित आइसोलेसन कक्षबाट गर्नुपर्छ । तर, शुक्रराज अस्पतालले आइसोलेसन तथा आईसीयु वार्डका उपकरण, आईसीयु भेन्टिलेटर मेसिन खरिद गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ