२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भाइरसबाट ज्यान गुमाउनेप्रति चासो लिन मानिसले छाडेका हुन् त ?

कोरोना भाइरसबाट ज्यान गुमाउनेप्रति चासो लिन मानिसले छाडेका हुन् त ?


जब संसारमा कोरोना भाइरसको प्रकोप फैलन सुरु भएको थियो तब एक-एक मृत्युमा अफोसस जताइने गरिन्थ्यो। कोरोना फैलने सबैमा त्रास थियो। यस नयाँ महामारीले ज्यान गुमाउने डरले कडा रुपमा लकडाउनको पालना गरियो।

तर, जब महामारीले पूरा विश्वलाई आफ्नो पन्जामा कसेको छ। लाखौ मानिस यसको शिकार बनेको छन् । कयौं देशका कयौं सहर घाटजस्तो बनिरहेको अवस्थामा यस महामारीबाट कसैको मृत्युमा त्यति अफोसस मानिदैन् । अब मानिस आफ्नो भाग्य सम्झेर चुप लागेर बसिरहेका छन्।

कोरोना भाइरसबाट हुने मृत्यु मात्र एक तथ्यांक बनेको छ। यहाँसम्म कि मानिस अब यससँग सम्बन्धित समाचार, खबर सुन्न र हेर्न मन गर्दैनन्। के कोभिड-१९ को आतंकको अघि हामी असंवेदनशील भएका हौं ? हाम्रो सहानुभूति, करुणाको भाव कमजोर परेको हो ? अब के कोहि मरेर केहि फरक पर्दैन ?  के हो त यसको कारण ?

मदर टेरेसाले एकपटक भनेकी थिइन्, ‘यदि भिडमा कोहि देखे भने कहिल्यै काम गर्न सक्ने छैन, यदि म कुनै एकलाई देखे पनि पक्का राम्रो काम गर्न सक्छु।’ उनले पूरा विश्व सामु कुरा राख्दै भनेकी थिइन्, ‘कुनै एकको चिन्ताले हाम्रो मन र मस्तिष्कमा सिधा असर पार्ने गर्छ। जबकी एक भिडको चिन्ता मात्रै एक तथ्यांक बनेर बस्ने गर्छ।’

कुनै पनि विपदमा कयौं मानिस मर्ने गर्छन् । तर, हामी मृतकहरुको बारेमा केहि दिन कुरा गर्छु र बिर्सिने गर्छौ। कोरोनाको समयमा पनि त्यस्तै भैरहेको छ। अमेरिकामा कोरोनाबाट पछिल्लो महिनामा मृत्यु हुने संख्या १ लाख नाघेको थियो। यो रेकर्ड भियतनाम युद्धको समय ज्यान गुमाएको अमेरिकी नागरिकको तुलनामा दोब्बर रहेको छ।

कोरियाली युद्धपछि अमेरिकाले जति युद्ध लड्यो, त्यसमा जति अमेरिकी सैनिक मारिए त्यसभन्दा बढी अमेरिकी नागरिक कोरोनाबाट मारिए।

यस स्थितिलाई मनोविज्ञानमा एक खालको रोग मानिन्छ। जति धेरै मानिस मर्ने गर्छन झनै मानिसले बेवास्ता गर्ने थाल्छन् । खासमा जब कोहि एक मानिस समस्यामा पर्छ हामी उसलाई समस्याबाट बचाउने प्रयत्न गर्छौ। त्यस व्यक्तिको ठाउँमा आफूलाई नै राखेर हेर्ने गर्छौ। तर जब ज्यादा मानिस एकै अवस्थामा आउने गर्छन तब आफूमा विश्वास कमजोर हुन् थाल्छ । र हामी पछि हट्ने गर्छौ । मानिस आफ्नो योगदान समुन्द्रमा एक थोपाको बराबर हो भन्दै पछि हट्ने गर्छन्।

एक मानिसलाई मद्दत गर्न मानिस तत्पर रहन्छन् तर धेरै मानिसलाई मद्दत गर्नु परेको खण्डमा मानिसहरु पछि हट्ने कयौं रिसर्चमा पाइएको छ। मनोविज्ञानमा यसलाई ‘Psuedo Inefficiency’ भनिन्छ।

मानिसहरु कोरोना अपडेट सुन्न चाहदैंनन्

दुखद् समाचार वा त्रसित खबरको बारेमा गहिराइबाट सोच्नबाट मानिस आफूलाई टाढै राख्न चाहान्छन्। हुन् पनि हो हिंस्रक घटना पटक-पटक हेर्नाले मानिसमा नकारात्मक प्रभाव पर्ने गर्छ। कोरोना कालमा अब मानिसले कोरोनासँगै रहने बुझेका छन् । यसकारण कोरोनाको संख्या बढ्दै गरेको अपडेट जान्नुको साटो मानिस लकडाउनको नियममा परिवर्तन आउने खबर सुन्न मानिस ज्यादा उत्सुक रहन्छन्।

कुनै पनि त्रासपूर्ण कभरेजको समयमा पनि प्राय व्यक्ति विशेष खबरलाई प्रमुख बनाई पेस गरिन्छ। उसको उमेर, उसको परिवार, उसको हातमुख जोर्नेबारे ज्यादा जानकारी दिने गरिन्छ। ताकी मानिस झनै आकर्षित बनुन्। यस्तो खालको मिडियामा कुनै त्रासपूर्ण एक फोटोको माध्यमबाट पूरा त्रासको खाका नै मानिसमा पुग्ने गर्छ।

उदारहणको लागि हालैमा एक मजदूर घर फर्किने क्रमको एक तस्बिरमा सबैको ध्यान गएको थियो। सो तस्बिरमा एक महिला आफ्नो बच्चालाई सुटकेसमा हालेर लिएर हिड्दै थिइन्। तस्बिरले लाखौ मजदूरको पीडा र समस्याको बयान गर्नको लागि काफी छ।
.
कोरोना कालमा जबकी हालत हरेक दिन बिग्रिरहेको छ तब हामी यस्तोमा चुप बस्नु ठिक हो ?

हामीले यस्तो अवस्थमामा आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्छ। मास्क लगाउने, दुई मिटरको दुरी ख्याल राख्ने र हामी सुरक्षित छौ भनेर आफूलाई सम्झाउनु पर्छ । र वरपरको मानिसलाई पनि सुरक्षित राख्ने प्रयास गर्नु पर्दछ। यहि नै महामारीको समयमा सबैभन्दा ठूलो योगदान हुनेछ।

-बीबीसीबाट भावानुवाद


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ