२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बारा र पर्सामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

बारा र पर्सामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि


जनकपुर—प्रदेश २ को पर्सास्थित नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४६ जना बारा र ४ जना पर्सा जिल्लाका रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।

डा.उपाध्यायका अनुसार बाराका ४६ जना देवतल गाउँपालिकाको क्वारेन्टाइनका हुन् । पर्साका चार जना भने होटल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए ।

‘बाराका ४६ जना संक्रमितमध्ये १० जना महिला हुन्,’ मेसु उपाध्यायले भने, ‘आइतबार राति भएको परीक्षणमा बारा र पर्साका ५० जना नयाँ कोरोना संक्रमित पुष्टि भएको हो ।’

संक्रमितलाई आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको डा.उपाध्यायले बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ