काठमाडौँ – काठमाडौँमा ५ सहित थप १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४७ जनामा संक्रमण देखिएको हो।
काठमाडौँ उपत्यकामा मात्रै ९ जनामा संक्रमण पुष्टि भएको छ। जसमा ललितपुरमा २ जना र भक्तपुरमा २ जना र काठमाडौँमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यससँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ५६ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन्।
त्यस्तै, बीरगंजको गण्डक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ। मृतक पर्साका ६० वर्षीय पुरुष हुन् । मंगलबार साँझ अस्पतालमा मृत्यु भएको उनको पिसिआर रिपोर्टमा कोरोना देखिएको हो ।
कहाँ कति नयाँ संक्रमित थपिए ?
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान— धनकुटाका २ जना, सुनसरीका २ जना
कोशी अस्पताल विराटनगर प्रयोगशाला—मोरङका ४ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर—झापाका १ जना, मोरङका ४ जना
गजेन्द्रनारायण सिंह अस्पताल राजविराज— सिराहाका २ जना, सप्तरीका ७ जना
प्रादेशिक प्रयोगशाला जनकपुर— धनुषाका ५ जना
नारायणी अस्पताल वीरगन्ज प्रयोगशाला—पर्साका १७ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—भक्तपुरका २ जना
स्टार अस्पतालमा – ललितपुरका १ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला—काठमाडौंका २ जना, ललितपुरका १ जना
सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका ५ जना, सल्यानका १ जना
भतरपुर अस्पताल प्रयोगशाला—महोतरीका १ जना
वीर अस्पताल प्रयोगशाला—सर्लाहीका १ जना
प्रादेशिक क्षयरोग केन्द्र, पोखरामा – कास्कीका १ जना, स्याङ्जाका ३ जना, पर्वतका १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – कास्कीका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही – रुपन्देहीका ११ जना, नवलपरासीका १ जना, प्युठान -१ जना
त्रिभुवन विश्व विद्यालय महाराजगन्ज प्रयोगशाला – पर्बतका १ जना
पाटन अस्पताल – काठमाडौँका ३ जना
भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज—बाँकेका ३ जना, बर्दियाका २ जना र सल्यानका २ जना
दैलेख प्रयोगशाला—दैलेखका २४ जना
डडेल्धुरा अस्पताल प्रयोगशाला— डोटीका ७ जना, डडेल्धुरा २
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल प्रयोगशाला – रुपन्देहीका २ जना
सेती प्रादेशिक अस्पताल, प्रयोगशाला – कैलालीका २ बजांगका १ र कन्चनपुरका ३० जना