२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड—१९ प्रतिरक्षाका लागि प्रदेश सरकार तयार छ : मन्त्री बराल

कोभिड—१९ प्रतिरक्षाका लागि प्रदेश सरकार तयार छ : मन्त्री बराल


बुटवल—प्रदेश ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले समुदायमा कोभिड—१९ को अवस्था कस्तो भन्ने थाहा पाउन प्रदेश सरकारले ‘¥यान्डम टेष्ट’ सुरु गरेको बताएका छन् । उनले समुदायमा कोरोना संक्रमणको अवस्था थाहा पाउन पहिलो चरणमा प्रदेशका ६ वटा जिल्लाका फ्रन्टलाइनमा रहनेहरुको परीक्षण भैरहेको बताए ।

‘प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी, पसलेहरुलाई छनोट गरी कोरोना परीक्षण गर्ने गरी काम सुरु भैसकेको छ । त्यसको नतिजाले प्रदेशमा कोरोना भाइरसको अवस्था थाहा हुनेछ,’ बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री बरालले भने, ‘त्यसपछि कोरोना नियन्त्रणका लागि थप रणनीति बनाउन सहज हुनेछ ।’

मन्त्री बरालले प्रदेशमा गरिने छनोट विधीयुक्त कोरोना परीक्षण पश्चात मात्रै शिक्षण संस्था, मसाज सेन्टरहरु, चलचित्र क्षेत्रलगायतमा के गर्ने भन्ने बारेमा निर्णय हुने बताए । उनले कोभिड—१९ को प्रतिरक्षाका लागि आवश्यक परे प्रदेश सरकार तयारी अवस्थामा रहेको बताए ।

‘कतिपय देशहरुमा कोभिड नियन्त्रणमा आयो भन्दाभन्दै पुन दोस्रो रुपमा अझ सशक्त रुपमा देखा परेका उदाहरण छन् । त्यो यहाँ पनि नहोला भन्न सकिन्न । त्यसको तयारी पनि हुनु आवश्यक छ,’ उनले भने ।

स्वास्थ्य क्षेत्रमा स्पष्ट अधिकार र दायित्वको किटान भएकाले विगतमा जस्तो समस्या नदेखिएको उनको दावी छ । ‘हामी प्रादेशिक अस्पतालहरुलाई व्यवस्थापन गर्ने तर्फ लागेका छौं । भौतिक पूर्वाधार देखि मानव संसाधनका लागि पनि काम गरिरहेका छौं,’ उनले भने ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ