२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङका कोरोना संक्रमितको धरानमा मृत्यु

मोरङका कोरोना संक्रमितको धरानमा मृत्यु


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको आइसोलसनमा भर्ना भएका मोरङ सुनवर्षी नगरपालिका–०८ का ४५ वर्षीय एक जना पुरूषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मृत्यु भएको छ । प्रतिष्ठानको भेन्टिलेटरमा उपचाररत संक्रमितको बुधबार पौने ५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनका अनुसार बुधबार दिउँसो अत्यन्तै सिकिस्त अवस्थामा विराटनगरको कोशी अस्पतालबाट प्रतिष्ठान पुगेका थिए । समन्वय नगरी एम्बुलेन्स चालकले लिएर संक्रमित आएको भन्दै उनको भर्नामा पनि ढिलाइ भएको थियो । कोशी अस्पतालको आइसोलेसनका संयोजक डा. लक्ष्मीनारायण यादवका अनुसार ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि ती व्यक्ति अस्पतालको फिभर क्लिनिकमा मंगलबार आएका थिए । उनको अस्पतालले स्वाब संकलन गरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । मंगलबार राति प्रदेश जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

बुधबार विहानबाट बिरामीको अवस्था थप जटिल देखिएपछि भेन्टिलेटरमा राख्नुपर्ने भन्दै कोशीबाट धरान रेफर गरिएको डा. यादवले जानकारी दिए । ‘कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा भेन्टिलेटरमा समस्या आएपछि हामीले धरानस्थित विपी प्रतिष्ठानमा रेफर गरिएको हो,’ डा. यादवले भने, ‘विपीका डा. सन्दिप शर्मासँग कोशीको कोभिड—१९ उपचार केन्द्रका डा. डेन आचार्यले समन्वय गरी संक्रमितले धरान पठाइएको हो ।’

प्रतिष्ठानले भने समन्वय नगरी बिरामी ल्याएको भन्दै भर्ना गरी उपचारमा ढिलाइ गरेको थियो । प्रतिष्ठानको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा संक्रमितको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता सापकोटाले बताए । विराटनगरबाट विहानै पठाएको कोशी अस्पतालले बताएपनि प्रतिष्ठानले दिउँसो १ बजे मात्र आइपुगेको बताएको छ ।

संक्रमित पुरूष १० दिन अगाडि भारतबाट आएका थिए

कोरोना संक्रमित पुरूष भारत ससुरालीबाट १० दिन अगाडि मोरङ सुनवर्षी नगरपालिका ८ घर आएको खुलेको छ । ज्वरो, खोकी र श्वास—प्रश्वासमा समस्या आएपछि कोशी अस्पतालको फिभर क्लिनिकमा आएका थिए । फिभर क्लिनिकमा आएका ती पुरूषमा कोरोनाको लक्षण देखिएपछि स्वाव संकलन गरिएको कोशी अस्पतलाको आइसोलेसन संयोजक डा. यादवले बताए ।

योसँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मृत्यु हुने प्रदेश १ का पहिलो व्यक्ति हुन् । यसअघि मृत्यु भएका २ जना प्रदेश नम्बर २ का थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ