गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ छाउगोठमा आगोले जलेकी महिलाको सुर्खेत प्रादेशिक अस्पतालमा शल्यक्रिया छाउगोठमा आगोले जलेकी महिलाको सुर्खेत प्रादेशिक अस्पतालमा शल्यक्रिया हेल्थ आवाज मंगलबार, २०७७ साउन २७ गते, ११:३६ मा प्रकाशित वीरेन्द्रनगर—छाउगोठमा बसिरहेको बेला आगलागीमा परेर शरीरको बायाँ भाग जलेकी एक महिलाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा निःशुल्क उपचार भैरहेको छ । दैलेख दुल्लु नगरपालिका ६ कुसाकोटकी बसन्ती वि.क. छाउगोठमा बसिरहेको बेला आगोमा जलेकी हुन् । आगोमा जलेलगत्तै उनलाई दैलेख दुल्लु अस्पतालमा लगिएको भएपनि त्यहाँ उपचार हुन नसकेपछि प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । क्वारेन्टिनबाट भर्खरै घर गएकी वि.क. छाउगोठमा बसेको ४ दिनपछि छारे रोगका कारण पल्टिएर आगोमा परी जलेको उनका छोरा रुपेन्द्र विकले जानकारी दिए। गत असार ८ गते घटना भएको भएपनि गााउँमै झारफुक र जडिबुटी उपचार गर्दा घाउमा किरा परेपछि असार १६ गते बसन्तीका छोरा रुपेन्द्रले अस्पतालसम्म पु¥याएका थिए । सुरुमा हेर्दा आर्थिक अवस्था थाहा नभएपनि पछि अस्पतालले थाहा पाउने बित्तिकै सबै सेवाहरु निःशुल्क गरिएको अस्पतालका निर्देशक डा. डम्वर खड्काले जानकारी दिए । अहिले शल्यक्रिया गरेपछि बिरामीको अवस्था पहिलेभन्दा सामान्य नै रहेको निर्देशक खड्काले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण