गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ छाउगोठमा आगोले जलेकी महिलाको सुर्खेत प्रादेशिक अस्पतालमा शल्यक्रिया छाउगोठमा आगोले जलेकी महिलाको सुर्खेत प्रादेशिक अस्पतालमा शल्यक्रिया हेल्थ आवाज मंगलबार, २०७७ साउन २७ गते, ११:३६ मा प्रकाशित वीरेन्द्रनगर—छाउगोठमा बसिरहेको बेला आगलागीमा परेर शरीरको बायाँ भाग जलेकी एक महिलाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा निःशुल्क उपचार भैरहेको छ । दैलेख दुल्लु नगरपालिका ६ कुसाकोटकी बसन्ती वि.क. छाउगोठमा बसिरहेको बेला आगोमा जलेकी हुन् । आगोमा जलेलगत्तै उनलाई दैलेख दुल्लु अस्पतालमा लगिएको भएपनि त्यहाँ उपचार हुन नसकेपछि प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । क्वारेन्टिनबाट भर्खरै घर गएकी वि.क. छाउगोठमा बसेको ४ दिनपछि छारे रोगका कारण पल्टिएर आगोमा परी जलेको उनका छोरा रुपेन्द्र विकले जानकारी दिए। गत असार ८ गते घटना भएको भएपनि गााउँमै झारफुक र जडिबुटी उपचार गर्दा घाउमा किरा परेपछि असार १६ गते बसन्तीका छोरा रुपेन्द्रले अस्पतालसम्म पु¥याएका थिए । सुरुमा हेर्दा आर्थिक अवस्था थाहा नभएपनि पछि अस्पतालले थाहा पाउने बित्तिकै सबै सेवाहरु निःशुल्क गरिएको अस्पतालका निर्देशक डा. डम्वर खड्काले जानकारी दिए । अहिले शल्यक्रिया गरेपछि बिरामीको अवस्था पहिलेभन्दा सामान्य नै रहेको निर्देशक खड्काले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने TFN ट्रेण्डिङ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त