२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नारायणी अस्पतालका ९ चिकित्सक १३ नर्ससहित ५१ जनामा कोरोना संक्रमण

नारायणी अस्पतालका ९ चिकित्सक १३ नर्ससहित ५१ जनामा कोरोना संक्रमण


वीरगञ्ज–वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत ५१ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा बढी १४ जना नर्स रहेका छन् । त्यसपछि बढी संक्रमित हुनेमा चिकित्सक रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन उपाध्यायका अनुसार अहिलेसम्म ६ जना मेडिकल अधिकृत र तीन जना विशेषज्ञ चिकित्सक संक्रमित भएका छन् ।

अन्य संक्रमित हुनेमा एक्सरे विभागका तीन जना, एएनएम १ जना, सिएमए तीन जना, दुई जना एचए, १ जना ड्राइभर, एक जना गार्डेनर रहेका छन् । त्यसैगरी एक जना ल्याव असिस्टेन्ट र १ जना प्रशासनका कर्मचारी पनि संक्रमित भएका छन् । अस्पतालको फार्मेसीमा काम गर्ने दुई जना फर्मासिस्टमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

नारायणी अस्पतालमै काम गर्ने ९ जना कार्यलय सहायक र ४ जना सफाइ कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको डा. उपाध्यायले जानकारी दिए ।

अस्पतालमा एकैपटक यति धेरै चिकित्सक नर्स, पारामेडिक्स कार्यलय सहायकलगायतका कर्मचारीमा संक्रमण देखिदा अस्पतालका सेवा संचालनमा समस्या आएको डा. उपाध्यायले जानकारी दिए । ‘अहिलेकै अवस्थामा अस्पतालका कर्मचारी संक्रमित हुँदा अस्पताल संचालनमा धेरै गाह्रो भएको छ,’ उनले भने, ‘यो क्षेत्रमा संक्रमणको दर दैनिक बढेको छ । थप जनशक्ति ब्यवस्थापन नहुने हो भने भोलि झन समस्या पर्दै जान्छ ।’

नारायणी अस्पतालमा कार्यरत ५१ जनामा संक्रमण देखिएसँगै उनीहरुको परिवारमा पनि संक्रमण देखिने क्रम बढ्दै गएको छ । अस्पतालमा संक्रमित कर्मचारीका १४ जना परिवारमा समेत संक्रमण पुष्टि भइसकेको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ