२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २७ प्रहरीसहित पर्सा र बारामा थप ६६ जनामा संक्रमण पुष्टि

७ प्रहरीसहित पर्सा र बारामा थप ६६ जनामा संक्रमण पुष्टि


जनकपुर—पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पर्सा र बारामा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार राति गरिएको परीक्षणमा ७ प्रहरीसहित थप ६६ जनामा कोरोना पुष्टि भएको अस्पतालका डा. निरजकुमार सिंहले बताए ।

डा. सिंहकाअनुसार संक्रमण पुष्टि हुनेमा पर्साको बहदुरबामाई नगरपालिकाका २५ जना, वीरगञ्ज महानगरका ८ जना, छपकैयाका ५ जना रहेका छन् ।

संक्रमितमध्ये ९ जना बाराका रहेका छन् । सखुवा प्रसौनी गाउँपालिकाका ४ जना, पिलुवाका ३ जना, सिम्रौनगढ र कलैयाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जनामा समेत संक्रमण पुष्टि भएको डा. सिंहले बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ